site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विकास हुन नदिने संकीर्णता राजनीतिक दलले राख्‍न हुँदैन : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा अवरोध गर्ने, काम हुन नदिने संकीर्णता राजनीतिक दलले राख्‍न नहुने बताएका छन् ।

झापाको दकममा अस्पतालको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले झापामा बन्‍न लागेको रङ्शालामा अवरोध हुनु दुःखद भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिले तोकिएको ठाउँमा रङ्गशाला बनाउन अवरोध भए ठाउँ सारेर भए पनि बनाइ छाड्ने अठोट  व्यक्त गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले सरकारले पछिल्लो समय हवाइ उड्डयन क्षेत्रमा ठुल्ठूला प्रगति हासिल गरेको बताए । उनले छिट्टै पूर्वपश्चिम रेलमार्ग पनि बनााउने र जल यातायात पनि सुरु गर्ने जिकिर गरे । रेल्वे सेवाका लागि नयाँ रेल खरिद गरेर ल्याइसकिएको उनको भनाइ थियो ।

अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले सरकार कोभिड-१९ नियन्त्रणमा लागिपरेको र चाँडै सफलता मिल्ने जिकिर पनि गरे ।

Global Ime bank

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  १३:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC