site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णाली प्रदेशका दुवै पक्षसँग प्रधानमन्त्री छलफल गर्दै, प्रचण्ड अनुपस्थित
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका दुवै पक्षसँग अहिले बालुवाटारमा छलफल गरिरहेका छन् । छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका सहइन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजङ्ग शाहलगायत दुवै पक्ष रहेको बताइएको छ ।

“अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले हामीलाई छलफलमा बोलाउनुभएको छ । हामी बालुवाटार छौं,” निलम्बित सचेतक शाहले बाह्रखरीसँग भने ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नै छलफलका लागि पार्टी मुख्यालय धुम्बाराही बोलाएका थिए । तर, ओलीले समय नदिएका कारण संयुक्त बैठक बस्न सकेको थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार र शुक्रबार अध्यक्ष प्रचण्डले मुख्यमन्त्री शाही र असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका यामलाल कँडेलसमूह, दुवै पक्षसँग छलफल गरेका थिए । मुख्यमन्त्री शाही पक्षसँग घटनाक्रममा बारेमा सोधनी गरेका थिए । पार्टी संसदीय दलका १८ जना विपक्षमा खडा हुने परिस्थिति कसरी निर्माण भयो भनेर सोधपुछ गरेका थिए ।

कँडेल पक्षलाई पार्टी केन्द्रसँग छलफल नगरी निर्देशनविपरीत अविश्वासको प्रस्ताव ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

Global Ime bank

प्रचण्डले दुवै पक्षसँग कुराकानी गरिसकेकाले आज बालुवाटार नगएको उनका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

“अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर कुरा गरिसक्नुभएको छ । आज तपाईंमात्रै छलफल गर्नुस् भनेर प्रधानमन्त्रीलाई भन्नुभएको छ । प्रधानमन्त्रीले छलफल गरेपछि दुईजना अध्यक्ष बस्नुहुन्छ,” उनले भने ।

दलको निर्देशनविपरीत सरकार सञ्चालन गरेको र विश्वास कायम राख्न नकसेको भन्दै कँडेलसहित १८ जना सांसदले आइतबार दलमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीको राजनीति तरङ्गित बन्न पुगेको छ ।

मङ्गलबार दुई अध्यक्ष बैठक बसेर दुवै पक्षलाई पत्र काटेर वार्ताका लागि मुख्यालय बोलाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC