site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 २४ घण्टामा ४३९२  कोरोना संक्रमित थपिए 
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप चार हजार ३९२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३९२ संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । 

पछिल्लो २४ घण्टामा तीन हजार ५२२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८८ हजार ४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो  घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५  हजार ४६ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८०८ जना क्‍वारेन्टिनमा रहेका छन् । 

Global Ime bank

देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । 

शनिबार दैनिक सर्वाधिक संक्रमित थपिएका थिए । शनिबार एकैदिन पाँच हजार ८ कोरोना संक्रमित थपिएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार ७१ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५५२ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो । 

सोमबार देशभर चार हजार ४७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ४७३ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको थयो ।

मंगलबार देशभर तीन हजार ५५६ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५०३ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १८ जनाको मृत्यु भएको थियो । 

बुधबार देशभर दुई हजार ६६८ कोरोना संक्रमित थपिएका थिए भने १२ जनाको मृत्यु भएको थियो । बुधबार दुई हजार १७४ जना देशभरका विभिन्‍न अस्पतालहरुबाट डिस्चार्ज भएका थिए । 

बिहीबर देशभर तीन हजार ७४९ कोरोना संक्रमित थपिँदा तीन हजार ५६४ जना डिस्चार्ज भएका छन् । बिहीबार कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  १६:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC