site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भ्रष्टाचार घटनाको छानबिनका लागि दबाब बढाउन आह्‍वान
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारका घटनाको छानबिनका लागि दबाब बढाउन आह्‍वान गरेका छन् ।

उनले ट्‌विटरमा बूढीगण्डकी जलविद्युत् आयोजनाबारे पार्टीको धारणायुक्त पुरानो भिडियो पोस्ट गरेर भ्रष्टाचारका घटनाको छानबिन र कारबाहीका लागि दबाब बढाउन आह्‍वान गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता शर्माले भिडियोसँगै भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सिंगो राष्ट्रले माग गरेको भन्दै नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिदसँगै ओम्नी, बालुवाटार जग्गा प्रकरण, प्रिन्टिङ प्रेस खरिद, गोकर्ण रिसोर्ट अनि तत्कालीन माओवादीका लडाकुको रासनमा भएको भ्रष्टाचारको गहिरो छानबिन र भ्रष्टाचारमा संलग्नलाई कारबाहीका लागि दबाब सिर्जना गर्नुपर्ने उल्लेख गरेका छन् ।

“भ्रष्टाचारका फाइल खोल्न र कारबाही गर्न सिंगो देशको माग छ । वाइडबडी, ओम्नी, बालुवाटार, प्रिन्टिङ प्रेस, गोकर्ण रिसोर्ट अनि लडाकुको रासनसमेत । गहिरो छानबिन र कडा कारबाही अघि बढाउन सार्वजनिक दबाब बढाऔं !,” उनले लेखेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC