site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘म असफल भएँ’ भनेर रोए उत्तर कोरियाका नेता किम 
Sarbottam CementSarbottam Cement

एजेन्सी । पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रममा बोल्दाबोल्दै उत्तर कोरियाली नेता किम जोङ उन भावुक बनेका छन् । देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको र देश एकदमै संघर्षपूर्ण अवस्थामा रहेको बताउँदै उनले आँसु झारेका हुन् । उत्तर कोरियाली प्रमुख, किम, त्यसरी सबैका सामु भावुक हुनुलाई अत्यन्तै दुर्लभ दृश्य मानिएको छ । 

यसका साथै उनले सबै जनताहरुलाई तिनका त्याग र समर्पणका निम्ति धन्यवाद व्यक्त गर्दै आफ्नो असफलताका लागि सार्वजानिक रुपमा माफी पनि मागेका छन् । उनी यस किसिमले प्रस्तुत हुनुले किम अहिले कति ठूलो दबाबमा छन् भन्ने संकेत दिएको राजनीतिकविद्हरुले बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चस्मा खोलेर आँसु पुछ्दै किमले भनेका हुन्, “हाम्रा जनताले ममाथि आकाश जति उच्च र समुद्र भन्दा गहिरो विश्वास राखेका थिए तर मैले सबैलाई निराश बनाएँ । म त्यसका लागि माफी माँग्न चाहान्छु ।” हजुरबुवा र बुवा दुवैले देशको नेतृत्व जस्तो गम्भीर जिम्मेवारीका लागि आफूलाई विश्वास गरेको तर आफूले देशवासीका कठिनाइ र जीवनमा पर्याप्त सुधार ल्याउन नसकेको उनले दुःखी हुँदै बताएका हुन् । 

सार्वजानिक गरिएको भिडियोमा किम रोएसँगै त्यहाँ उपस्थित सेना अनि सर्वसाधारणहरु पनि भावुक बनेको देख्न सकिन्छ । तर त्यहाँ कसैले पनि मास्क लगाएका छैनन् भने सामाजिक दुरी कायम गरिएको पनि देखिएको छैन । प्योङयोङले अहिलेसम्म कोरोना संक्रमित भएका एकजनाबारे पनि खबर गरेको छैन । 

Global Ime bank

राजधानी प्योङयोङमा आयोजित सो समारोहमा उत्तर कोरियाले नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल पनि प्रदर्शन गरेको थियो । पछिल्ला केही महिना कोरोना महामारीका कारण सबै सिमाना बन्द हुँदा उत्तर कोरियाल चीनसँग कुनै आर्थिक कारोबार गर्न पाएन जसले देशको अर्थतन्त्रमा धेरै ठूलो प्रभाव पारेको बताइएको छ ।

वर्षौँदेखि जारी विश्वव्यापी आर्थिक प्रतिबन्ध अनि विनाशकारी प्राकृतिक प्रकोपहरुले उत्तर कोरियलीहरुको जनजीवन झन कष्टकर बनाइदिएको छ । त्यसैले पनि किमले त्यस किसिमको समारोहमा भावुक भइ आँसु झार्नुले देशको नेतृत्व सम्बन्धी उनी वास्तवमै अहिले धेरै ठूलो दबाबमा रहेको स्पष्ट देखिने कोरियन एकिकृत संगठनका निर्देशक हङ मिन बताउँछन् । – द गार्जियन 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २८, २०७७  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC