site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यमन्त्री शाही हटाउने तयारीबाट नेपाल समूह पछि हट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हटाउने तयारीबाट माधव नेपाल समूह पछि हटेको छ । माधव नेपालसमूहका सातजना नेताले मुख्यमन्त्री शाही हटाउन अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । ती सबैलाई हस्ताक्षर फिर्ता लिन सहमत गराइसकिएको नेपालनिकट एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदहरूसँग मिलेर मुख्यमन्त्री शाहीविरुद्ध विद्रोह गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ति जनाएका थिए । अरू प्रदेशमा पनि सल्कने चेतावनी दिएका थिए । त्यसपछि नेता नेपालले जाजरकोटबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य नीरज आचार्यलाई सोमबार बिहान ९ बजे नै जहाजबाट सुर्खेत उतारेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

आचार्यले हस्ताक्षरकर्ता नेता नेपाल पक्षधर सांसदहरूलाई कन्भिन्स गराएको र केन्द्रबाट नेता नेपालले बारम्बार आग्रह गरेपछि उनीहरू पछि हट्न तयार भएको स्रोतको दाबी छ । आफूविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलाफजङ शाहलाई बर्खास्त गरेका थिए र, उनको ठाउँमा सचेतक सीता नेपाली ल्याएका थिए ।

निलम्बित शाहले आज दिउँसो १ बजे बैठक बोलाएका थिए । तर, बैठक बस्ने सम्भावना नरहेको एक सदस्यले बताए । प्रधानमन्त्रीनिकट तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि समस्या नचर्काउन अपिल गरिसकेका छन् ।

Global Ime bank

“बैठक बस्ने सम्भावना न्यून छ । प्रस्ताव आजै फिर्ता लिने सम्भावना पनि छ । नेपाल पक्षका सांसद कोही उपस्थित हुँदैनन् । उता (ओली पक्ष) का ८ जना सांसद् उपस्थित भएमात्रै हो ।

ओली पक्षका प्रदेश सहइन्चार्ज यामलाल कँडेलसहित ८, नेता नेपाल पक्षका ७ र पूर्वमाओवादी केन्द्र समूहका ३ जना नेताले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षर गरेका थिए । अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC