site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
शुक्रबार देशभरका स्वास्थ्य संस्थाले आकस्मिक र कोभिडबाहेकका सेवा बहिस्कार गर्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्याग्राही डा. गोविन्द केसीको जीवनरक्षाका लागि नेपाल चिकित्सक संघले भोलिबाट आन्दोलनका कार्यक्रमहरु अगाडि सारेको छ ।  संघले एक विज्ञप्ति जारी गर्दै डा.केसीको सत्याग्रहको २४ दिनपुग्दा समेत सरकारले वार्ता टोली पनि गठन गर्न नसकेको भन्दै आन्दोलनका कार्यक्रमहरु अगाडि सारेको जनाएको छ । 

बिहीबारबाट देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुले बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गरी जनस्वास्थ्यको मापदण्ड अपनाइ सामाजिक दूरी कायम गर्दै धर्ना दिने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधी रिले अनसन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डा.केसीको सत्याग्रह अन्त्यका लागि सहज वातावरण नगराईएको अवस्थामा शुक्रबार दिनका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने निर्णय गरिएका संघले जनाएको छ । 

आइतबार संघले डा. केसीसँग वार्ता समिति गठन गर्न ७२ घण्टे अल्टिमेटम  दिएको थियो । तर सरकारले वार्ताको कुनै चासो नदिएपछि संघले आन्दोलन गर्ने चेतावनी दिएको जनाएको छ ।

Global Ime bank

संघ अझै पनि नेपाल सरकारलाई कोभिड–१९ को महामारीका समयमा स्वास्थ्य सेवा प्रवाहमा उत्पन्‍न हुन सक्ने गम्भीर परिस्थितिप्रति गहन रुपमा मनन गरी अबिलम्ब वार्ता टोली गठन गरेर वार्ता र सम्वादको माध्यमद्वारा सत्याग्रहको अन्त्य गर्न समेत विज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC