site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राजनीतिक स्वार्थ र पूर्वाग्रहबाट विकासको प्राथमिकता निर्धारण हुँदा देश र जनताले भोग्नुपर्ने सकसको उदाहरण हुलाकी मार्गको दुर्दशा हो । चारकोसे झाडीभन्दा दक्षिणबाट पूर्व–पश्चिम जोड्ने राजमार्गका रूपमा हुलाकी राजमार्गको परिकल्पना गरिएको थियो । नेपाली कांग्रेसको पहिलो निर्वाचित सरकारको प्राथमिकतामा रहेको हुलाकी राजमार्ग लोकतन्त्रको अपहरणसँगै उपेक्षित भयो । हुलाकी राजमार्गकै समानान्तर हुनेगरी चारकोसे झाडीको उत्तर वा बीचबाट पूर्वपश्चिम राजमार्ग बनाइयो । त्यसपछि त हुलाकी राजमार्ग झन् उपेक्षित भयो । देशमा जनताले आन्दोलन गरेर लोकतन्त्र पुनःस्थापना गरे । नेपाली कांग्रेसलाई स्पष्ट बहुमतको सरकार बनाउने मौका पनि पटकपटक दिए तर हुलाकी राजमार्गप्रति शासकको उदासीनता भने हटेन । केही वर्ष यता बर्सेनि बजेट पेस गर्ने बेलामा चर्चा हुने गरे पनि अहिले  हुलाकी राजमार्ग छेउछाउका बासिन्दाका लागि यसले सुविधा हैन सास्ती र सकस थपेको छ ।

तराईका धेरै महत्त्वपूर्ण सहर र व्यापारिक केन्द्र जोड्ने भए पनि यसको महत्त्वलाई शासकहरूले उपेक्षा गर्दा यो विकासको अँध्यारो पक्षको उदाहरण बन्न पुगेको हो । भारतीय सहयोगमा बनाउने भनिए पनि विभिन्न कारण देखाएर हुलाकी राजमार्ग निर्माण कार्य उपेक्षित छ । न नेपाल सरकारले जिम्मा लिएको पुलपुलेसाहरू बन्नसकेका छन् न भारतीय कम्पनीहरूले ठेक्का पाएका सडकहरूमै अपेक्षित गतिमा काम भयो । सडक निर्माण सुरु भएको भन्दै मर्मत सम्भार गरिएको छैन । फलस्वरूप, पुराना पुलपुलेसाहरू भत्केर जोखिमपूर्ण बनेका छन् । भारतलाई यति धेरै रणनीतिक महत्त्वको सडम निर्माण सुम्पनु नै नेपाली पक्षले गल्ती हो । हुलाकी राजमार्गभन्दा धेरै पछाडि सुरु गरिएको मध्य पहाडी राजमार्गको निर्माण अपेक्षित गतिमा भइरहेको छ । यसले नेपाल सरकारले चाहने हो भने हुलाकी राजमार्ग बनाउन भारतको सहयोग पर्खेर बस्नै पर्दैन भन्ने स्पष्ट हुन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हुलाकी सडक नबन्दा सीमा क्षेत्रका बासिन्दा भारतीय बाटो र बजारमा बढी नै निर्भर हुन्छन् । भारत स्वयंले सीमा क्षेत्रमा हुलाकी मार्गको समानान्तरजस्तै सडक बाँध बनाइरहेको छ । यस्ता सडकले कतिपय नेपाली गाउँहरू बर्सेनि डुबानमा पर्दै आएका छन् । यसैले पनि भारतीय पक्षले हुलाकी सडकको निर्माणमा अलमल गरेको हुनुपर्छ । हुलाकी सडकको महत्त्व तराई र पहाड जोड्न बनाइने उत्तर दक्षिण सडकभन्दा कम छैन । हालको पूर्वपश्चिम राजमार्गको कुनै ठाउँ अवरुद्ध हुँदा पनि नेपालभित्र सहजतापूर्वक आवागमनका लागि हुलाकी राजमार्ग आवश्यक छ । राजधानीलाई तरार्इसँग जोड्ने अर्को एउटा बाटो निजगढ–काठमाडौं सडकका लागि दिइएको जति ध्यान र महत्त्व हुलाकी वा कर्नाली राजमार्गलाई नदिइनुले देश विकाससम्बन्धी शासकहरूको सोचमा रहेको आग्रह र दरिद्रता झल्काउँछ । हुलाकी राजमार्गजस्तै कर्नाली राजमार्ग पनि सुरु भएको दशकौं हुँदासम्म पनि पूरा भएको छैन ।

मधेसका नाममा राजनीति गर्नेहरू सायद हुलाकी मार्गको यस्तै दुर्दशा भइरहोस् भन्ने चाहन्छन् । उनीहरूका लागि यो राज्यले मधेसलाई हेपेको उदाहरण देखाउन र तराईको जनभावना राज्यविरुद्ध उक्साउन काम जो लाग्छ । तराईका जनतालाई राज्यले उपेक्षा गरेको छैन भन्ने पुष्टि गर्न पनि हुलाकी राजमार्ग नेपालले आफ्नै लगानीमा बनाउनु उचित हुनेछ । भारतलाई अब अहिलेसम्मको सहयोगका लागि धन्यवाद भन्दै नेपालले आर्थिक वा वस्तुगत सहयोगमात्र अपेक्षा गरिएको जनाउ दिनुपर्छ । नत्र, अर्को दस वर्ष पनि हुलाकी राजमार्ग बन्दैन । हुलाकी राजमार्ग बनाउन पैसा नपुगे अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट तथा दुईपक्षीय ऋण लिए पनि हुन्छ तर नेपाल आफैँले बनाउनुपर्छ । यसो गर्न सके सडक निर्माण त हुन्छ नै रोजगारी सिर्जना भएर अर्थतन्त्रमा पनि अनुकूल प्रभाव पर्नेछ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ७, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC