site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालमा रुसले बनाएको खोप (भ्याक्सिन) ल्याउने तयारी निजी क्षेत्रको एउटा कम्पनीले गरेको समाचारले सरकार जिम्मेवारीबाट पन्छन खोजेको त होइन भन्ने सन्देह उत्पन्न भएको छ । सरकारी पक्षको अकर्मण्यता हेर्दा कोभिड—१९ प्रतिरोधक खोप राज्यले नै निःशुल्क उपलब्ध गराउने जनअपेक्षा पूरा नहुने लक्षण नै धेरै देखिन्छ । रुसले बनाएको भनिएको कोभिड—१९ प्रतिरोधक खोप ‘स्पुतनिक —५’ नेपालमा उपलब्ध गराउन एउटा निजी कम्पनीले रुसको ‘द रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड’ नामक सरकारी कोषसँग सम्झौता गरेको हो । नेपालस्थित रुसी राजदूत खोपका सम्बन्धमा सरकारी अधिकारीहरूलाई भेट्दा चासो नदेखाइएपछि निजी कम्पनी अगाडि सरेको बताइएको छ । यसले फेरि एकपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकारले जनस्वास्थ्यसँग खेलाँची गरेको पुष्टि हुन्छ ।  

हुनत, रुसी खोप ल्याउने तयारी निकै प्रारम्भिक चरणमा छ र सरकारको स्वीकृतिबेगर ल्याउन पनि मिल्दैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा विश्व स्वास्थ्य संगठनलाई उद्धृत गर्दै दिइएका समाचारअनुसार रुसी खोपको परीक्षण विधि र तथ्यांक पारदर्शी नभएकाले यसले अन्तर्राष्ट्रिय स्वीकृत पाइसकेको छैन । रुसकै हाराहारीमा चीनले पनि कोभिड—१९ प्रतिरोधक खोप तयार गरेको र व्यापक परीक्षणसमेत गरिसकेको समाचार सार्वजनिक भएको छ । यस्तै बेलायतस्थित विश्वप्रसिद्ध विश्वविद्यालय अक्सफोर्ड र निजी कम्पनीको सहकार्यमा पनि खोपको विकास भइरहेको छ । यीबाहेक पनि खोपको विकासका लागि थुप्रै प्रयास र परीक्षण भइरहेका छन् । तर, अहिलेसम्म कुनै पनि खोप स्वीकृत भइसकेको छैन । रुस र चीनले भने परीक्षणका केही प्रचलित मान्यता र चरणहरू मिचेर आआफ्नो खोपको प्रयोग सुरु गरेको बताइएको छ । यस्तो अवस्थामा नेपालले रुससँग खोप लिन लागेको समाचार सार्वजनिक भएको हो ।          

Prabhu Bank
Agni Group
NIC Asia

निजी कम्पनीले त नाफाकै लागि खोप आयात गर्ने होला । कुनै निजी कम्पनीले २ करोड ५० लाख मात्रा खोप निःशुल्क वितरण गर्न पक्कै नसक्ला । साथै निजी कम्पनीले ल्याउने खोप वितरणमा पनि समस्या उत्पन्न हुनसक्छ । सरकारसँग जस्तो जनस्वास्थ्यको देशव्यापी सञ्जाल र पूर्वाधार निजी कम्पनीसँग हुनसक्तैन । सायद यही कारणले विश्व स्वास्थ्य संगठनले अरू निजी प्रतिष्ठान र सार्वजनिक संस्थानहरूसँग समेत मिलेर खोपको विश्वव्यापी सञ्जाल बनाउने प्रयास गरेको हुनुपर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार भ्याक्सिन निर्मार्ताहरूसँग छलफल गरेर संसारका सबै मुलुकको खोपमा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले ‘को भ्याक्स’ नाामक यो प्रयास सुरु भएको र १७२ मुलुकहरूले यसमा सहमति जनाएका छन् । नेपाल पनि यस प्रयत्नमा समावेश छ । 

नेपाल सरकारले कोभिड—१९ को व्यवस्थापनका क्रममा अपनाएको निषेध, अकर्मण्यता र बदनियत हेर्दा भने खोपमा सन्दर्भमा पनि खेलाँची गर्ने वा सत्ताधारीका आफन्तलाई कमाउने मौका बनाउने हो कि भन्ने सन्देह हुन्छ । कुन मुलुकबाट खोप कुन विधिबाट लिने भन्ने महत्त्वपूर्ण विषय होइन । पहिलो, नेपालमा दिइने खोप विवादरहित र विश्वसनीय हुनुपर्छ । दोस्रो, राज्य बेलैमा निःशुल्क खोप दिने दायित्वबाट पन्छन हुँदैन । तेस्रो, खोप सर्वसुलभ हुनुपर्छ र आर्थिक, सामाजिक, भौगोलिक कुनै पनि आधारमा कसैले नपाउने हुनुहुँदैन । यसमा दायाँबाँया गर्न खोजियो र नेपालीले समयैमा खोप नपाउने वा परीक्षण पूरा नगरेका विववादास्पद खोप ल्याइने वा पैसा हुनेलेमात्र पाउने अवस्था भयो भने खोप आपूर्ति र आयात गर्नेसँग नभएर नेपाली जनताले सरकारसँग यसको उत्तर माग्नेछन् । कोभिड—१९ को व्यवस्थापनमा जस्तै खेलाँची खोपको बन्दोबस्तमा नहोस् !

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १४:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC