site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘बस त चले, यात्रु चढेनन्’
Sarbottam CementSarbottam Cement

कञ्‍चनपुर । यातायात व्यवसायी प्रकाश पन्त लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गर्छन् । उनी सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि  आफूहरु निराश नै देखिएको बताउछन् । 

“बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन्,” उनी भन्छन्, “सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न नसक्ने अववस्था छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनी भाडामा डेढ गुना वृद्धि गरेर यातायात सञ्चालन गर्न भने पनि आफूहरु मारमै रहेको  र  बैंकको किस्ता तिर्न समस्या परेको  बताउछन् । उनले भने,“यस्तै अवस्था रहे व्यवयासीले पलायन हुनुपर्ने अवस्था छ । कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन् ।” य

हाँबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीधनी पनि यात्रु नआउँदा मारमा परेका छन् । “छ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ ।”  व्यवसायी करनसिंह साउदले भन्छन्, “यात्रु नै नपाएपछि चलाएर पनि केही सहज होला जस्तो छैन ।”

Global Ime bank

यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन् । यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात उनीहरुको माग छ । “सबै क्षेत्र सञ्चालनमा आएपछि मात्रै यातायात सञ्चालन गरेको औचित्य पूरा हुने देखिन्छ,” व्यवसायी साउद भन्छन्, “ अहिले त सडकमा घाटामा गाडी गुडाउनुपरेको छ ।”

उहाँ यातायात व्यवसायीलाई बैंकको ब्याज मिनाह गरेर सहयोग गर्न सरकारसित आग्रह गर्छन् । त्यसैगरी अर्का यातायात व्यवसायी जनकराज भट्टले सञ्चालन भएको यातायातलाई पनि थप व्यवस्थित गर्न माग गर्छन् । “यातायात नचल्दा यसक्षेत्रका मजदुरहरु पनि मारमा परे,” उनले भन्छन्, “विपन्न र गरिबलाई स्थानीय सरकारले राहत दिएपनि यातायात मजदुर कसैको नजरमा परेनन् ।” - रासस

फाइल तस्बिर ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १९:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC