site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाविरुद्धको खोपको तेस्रो चरणको परीक्षण यही वर्षभित्र सम्पन्‍न हुने चिनियाँ कम्पनीको अपेक्षा
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहको चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले यस वर्षको अन्तिम चरणको मानव परीक्षणको विश्लेषण यही वर्षभित्र सम्पन्‍न गर्ने अपेक्षा गरिएको छ । 

यो खोप प्रभावकारी छ भए-नभएको विश्लेषण गरी नियमनकारी निकायबाट यही वर्षभित्र स्वीकृत लिइसक्ने सिनोभ्याकले जनाएको छ । सिनोभ्याकसँगै पश्‍चिमी मुलुकमा विकास भइरेका कोरोनाविरुद्धका खोपहरु पनि मानवीय परीक्षणमा तेस्रो चरणमा रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अमेरिकी औषधि निर्माता कम्पनी फिचरले अक्टोबरसम्म मोर्डेना खोपको तेस्रो चरण पूरा भएमा नोभेम्बरदेखि खोपको विश्लेषण गरिने बताएको छ । 

चिनियाँ खोप 'कोरोनाभ्याक' संयुक्तराज्य अमेरिकासमेत विश्वका विभिन्‍न मुलुकमा वितरण गरिने जनाएको छ ।

Global Ime bank

सिनोभ्याकका प्रमुख कार्यकारी यीन वेदोङ्ले मानवमा तेस्रो तथा अन्तिम चरणको परीक्षण सफल भएमा संयुक्तराज्य अमेरिकामा कोरोनाभ्याक खोप बिक्री गर्न अमेरिकी खाद्य तथा औषधि प्रशासन एफडिएसमक्ष आवेदन दिइनेसमेत बताएका छन् । 

यीनले आफूले व्यक्तिगत रुपमा पनि कोरोनाभ्याक लगाइसकेको जानकारी दिए । “सुरुमा हाम्रो रणनीति चीन र वुहानका लागि डिजाइन गरिएको थियो । तर, जुन र जुलाईमा हामीले हाम्रो रणनीतिमा परिमार्जन गर्‍यौं । हामीले यो भ्याक्सिन विश्वमै आवश्यक भइसकेको बुझ्यौं,” यीनले भने ।

“हाम्रो लक्ष्य अमेरिका, युरोपेली संघ र अन्य मुलुकलगायत विश्वलाई खोप प्रदान गर्नु हो,” उनले थपे । - सीजीटीएन
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०७७  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC