site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 आगामी ३ दिनसम्म देशभरका धेरै स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशभर अधिकांश स्थानमा आगामी तीन दिनसम्म मौसम बदली भई मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले एक सूचना जारी गर्दै नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन हालसम्म सक्रिय अवस्थामा नै रहेको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाले भनेको छ, "आजसम्मको विश्लेषण अनुसार हाल भारतको मध्य प्रदेशमा रहेको न्युन चापीय क्षेत्र पश्चिम-उत्तर-पश्चिम तर्फ सर्ने क्रममा आगामी तीन दिन अर्था सेप्टेम्बर २५ सम्म नेपालका धेरै स्थानमा बदली भई मेघगर्जन,चट्टयाङ्ग, हावाहुरीसहितको वर्षा तथा केही स्थानमा भारीदेखि अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।"

यसको प्रभावले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

Global Ime bank

यस अवस्थामा, यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने देखिएको बताइएको छ । 

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  १९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC