site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
डेंगु र कोरोनाबीचको सम्बन्ध के हो ? डेंगु निको भएकालाई ‘इम्युनिटी’ बढ्न सक्छ 
Sarbottam CementSarbottam Cement

एजेन्सी । ब्राजिलमा कोभिड महामारीको स्थितिबारे विश्लेषण गरिरहेको एक नयाँ अध्ययनमा विगतमा भएका डेंगू प्रकोप र कोरोना भाइरस फैलने प्रक्रियाबीच केही सम्बन्ध रहेको पत्ता लागेको छ । यसमा लामखुट्टेबाट सर्ने डेंगू लागेका व्यक्तिलाई कोभिड–१९ विरुद्ध केही न केही ‘इम्युनिटी’ मिल्न सक्ने अनुसन्धानले देखाएको छ । कोरोना संक्रमणको दर ब्राजिलमा विश्वकै तेस्रो सबैभन्दा धेरै छ ।  

ड्युक युनिभर्सिटीका प्रोफेसर मिगुएल निकोलेलिसले नेतृत्व गरेको यो अध्ययन अन्र्तगत २०१९ र २० मा फैलिएका डेंंगू अनि कोरोना भाइरसको भौगोलिक वितरणको तुलना गरिएको थियो जसपछि कोरोना संक्रमणको दर कम भएका ठाउँमा बस्ने मानिसहरुले गत वर्ष या यसै वर्ष पनि ठूलो स्तरमा डेंगू प्रकोपको सामना गरेको पत्ता लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

अध्ययनमा भनिएको छ, “यो आश्चर्यजनक खोजले डेंगू र कोरोना भाइरसबीचको प्रतिरोधात्मक प्रतिक्रियामा केही न केही समानता हुन सक्ने सम्भाव्यता देखाएको छ । र यदि यो साँचो प्रमाणित भएमा, यसको अर्थ सुरक्षित डेंगू खोपले कोरोना विरुद्ध केही स्तरमा प्रतिरोधात्मक प्रतिक्रिया उत्पन्न गराउन सक्नेछ । ”

निकोलेलिसले संचार एजेन्सी रोयटर्सलाई बताए अनुसार यसको नतिजा विशेष रुपमा रोचक किन मानिएको छ भने यसअघिका अध्ययनमा पनि रगतमा डेंगूको एन्टिबडिज भएका व्यक्तिहरुमा कोरोनाको एन्टिबडिज टेस्ट गराउँदा पोजेटिभ देखाउने गरेको पाइएको थियो । जबकी उनीहरु कहिल्यै कोरोना भाइरसबाट संक्रमित भएकै छैनन् । 

Global Ime bank

उनले फेरि भने, “यसरी यी दुई भाइरसबीच प्रतिरोधात्मक अन्र्तक्रिया हुन सक्छ भन्ने अहिलेसम्म कसैले अपेक्षा गरेकै थिएन । यिनीहरु भिन्दाभिनदै प्रजातिबाट उत्पन्न भएकाले पनि समानता भेटिनु वास्तवमै आश्चर्यजनक कुरा हो । ” यो खोज छिटै वैज्ञानिक जर्नल समक्ष पेश गरिने बताइएको छ । यसले डेंगू विरुद्ध उच्च स्तरमा एन्डिबडिज भएका जनसङ्ख्यामा कसरी कोरोना संक्रमण अनि मृत्युको दर थोरै रहँदै आएको छ भन्ने सम्बन्धी तथ्यलाई केन्द्रित गरेको छ । 

यही अनुसन्धान टोलीले डेंगू प्रकोप भएका अन्य क्षेत्र जस्तै ल्याटिन अमेरिका, एसिया अनि प्यासिफिक टापुहरुमा पनि ब्राजिलमा जस्तैगरी कोभिड–१९ सुस्त गतिमा फैलिएको पत्ता लगाएका हुन् । 

तर निकोलेलिसको टोलीले दुर्घटनावश् कोरोनाबारे अध्ययन गर्दैगर्दा यो ठूलो खोज गर्न सफल भएको बताएका छन् । उनीहरुले डेंगू अनि कोरोना संक्रमणलाई एकआपसमा तुलना गरेपछि यस्तो निष्कर्ष प्राप्त भएको थियो । निकोलिेलिस भन्छन्, “यो सुरुवातमा हाम्रो लागि ठूलो झट्का थियो र पूर्ण रुपमा दुर्घटनावश पत्ता लागेको हो । तर विज्ञानमा यसरी अनपेक्षित खोजहरु धेरै हुने गरेका छन् । कतिपय अवस्थामा सानो लक्ष्यमा काम गर्दैगर्दा ठूलो नतिजा हात पर्न सक्छ ।”  रोयटर्स 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ७, २०७७  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC