site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 ११५४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६५ हजार २७६
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १५४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १५४  संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४७ हजार २३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ८ हजार ९२१ जना र होम आइसोलेसनमा ८ हजार ६९० जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४०३ जना क्‍वारेन्टिनमा रहेका छन् । 

Global Ime bank

देशभर ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 

यससँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ । 

शनिबार देशभर एक हजार २०४ कोरोना भाइरस संक्रमित थपिएका थिए । यसअघि शक्रबार हालसम्मकै दैनिक सबैभन्दा बढी दुई हजार २० कोरोना भाइरस संक्रमित थपिएका थिए । 

आइतबार देशभर एक हजार ३२५ जनालाई कोरोना संक्रमण भएको थियो भने देशभर विभिन्‍न अस्पतालबाट ९६६ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७  १६:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC