साहित्य
काठमाडौं । गायिका सुमन गुरुङले नयाँ गीत सार्वजनिक गरेकी छन् । उनले मंगलबार ‘जव जव’ बोलको गीत सार्वजनिक गरेकी हुन् ।
भिडियोसहित युट्युवमार्फत सार्वजनिक गरिएको गीतमा शब्द, संगीत तथा एरेन्ज रिकेश गुरुङको रहेको छ । फिचरिङ भुवन घोरासैनीले गरेका छन् ।
भिडियोमा सुमन आफैले मोडलिङ गरेकी छन् । उनले आफ्नो गीत अरुको भन्दा फरक रहको बताइन् । “शब्द र कम्पोजमा मेरो गीत अहिले आइरहेका गीतहरु भन्दा फरक छ,” सुमनले भनिन्,“यो डान्सिङ् नम्बर हो । युवाहरु मुख्यतः यसको लक्षित समुदाय हो ।”
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३ ०९:४१
प्रतिक्रिया दिनुहोस्