site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
काठमाडौं । भारतको राजधानी दिल्लीका लेफ्टिनेन्ट गभर्नर (लेग) नजीव जङले  विधान सभा भंग गर्ने विचारको आफू विपक्षमा नहरेको अभिव्यक्ति दिएपछि उनलाई त्यसो गर्न चुनौती दिइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नामै लिएर मुख्यमन्त्री केजरीवालले आलोचना गरेकाले माफी माग्नुपर्ने धारणा पनि जङले प्रकट गरेका थिए ।  
दिल्ली विधान सभामा ७० स्थानमध्ये ६७ स्थानमा विजयी भएको आम आदमी पार्टीका नेता कुमार विश्वासले केन्द्रलाई दिल्ली विधान सभा भंग गरेर देखाउन चुनौती दिएका छन् ।  
लेफ्टिनेन्ट गभर्नर दिल्लीमा केन्द्र सरकारले नियुक्त गर्ने उच्च पदाधिकारी हो । 
हफिङटन पोस्टले बुधबार दिएको समाचारअनुसार, लेग जङको भनाइप्रति दिल्लीको सत्तारुढ आम आदमी पार्टी (आप)का तर्फबाट तीव्र प्रतिक्रिया व्यक्त गरिएको छ । दिल्लीलाई केन्द्रले देशभर संकटकाल लगाउनका लागि परीक्षण स्थल बनाउन खोजेको आरोप आपले लगाएको छ । लेज जङ आपका नेता अरविन्द केजरीवालप्रति पूर्वाग्रही रहेको आरोप पनि आम आदमी पार्टीले लगाएको छ ।  
नेता विश्वासले लेज जङको भनाइमा मोदी सरकारको मानसिकता प्रकट भएको पनि बताए । जङप्रति व्यंग्य गर्दै उनले जङलाई १० दिन विपश्यना ध्यान गरेर मनमा रहेको मैलो सबै समाप्त गरेर आउन सल्लाह पनि दिए ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २६, २०७३  ०६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC