site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनताप्रति उत्तरदायी हुन कर्मचारीलाई प्रधामन्त्रीको आग्रह
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीहरुलाई उच्च नैतिक आचरण र पेशागत निष्ठामार्फत जनताप्रति उत्तरदायी हुन सुझाव दिएका छन् । निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले कर्मचारीलाई असल शासनको ब्यावहारिक अनुभूति प्रदान गर्न आग्रह गरेका छन् । 

उनले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९को विषम परिस्थितिलाई सामना गर्न  जीवन जोखिममा राखी अग्रभागमा खटिएका कर्मचारीप्रति आभार प्रकट गरेका छन् । 

KFC Island Ad
NIC Asia

नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य रहेको भन्दै उनले तानाशाही बिरुद्धको संघर्ष, त्यस संघर्षमा खेप्नु परेको पीडा र गर्नु परेको बलिदान एवं आफ्ना पेशागत हकहितका लागि गरेका संघर्ष सकारात्मक र प्रशंसायोग्य रहेको बताएका छन् । 

“आज देशमा लोकतन्त्र छ, लोकतान्त्रिक संविधान छ र जनतामा सार्वभौमसत्ता रहेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली छ । अब हामी जो जहाँ छौं, त्यहीँबाट सबैले यस प्रणालीलाई सफल पार्नु छ,” प्रधानम्नत्री ओलीले सुभकामना सन्देशमा भनेका छन्, “यतिबेला समस्त कर्मचारीले स्वच्छ आचरण र उच्च नैतिक मनोबलका साथ राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी छ । यसका लागि आफ्नो दक्षता अभिबृद्धि गर्न र देशको विकास एवं जनताको सेवामा निष्ठापूर्वक समर्पित हुन समेत जरुरी छ ।”  

Royal Enfield Island Ad

निजामती कर्मचारीहरुमाथि लाग्ने गरेका तमाम आरोपहरुलाई चिर्दै पेशागत मूल्यमान्यता र निष्ठालाई आत्मसात गरी उच्च नैतिक आचरण र ब्यवहार मार्फत् सेवा प्रदान गर्न प्रत्येक निजामती कर्मचारीहरुले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नुपर्ने प्रधानमन्त्रीले बताएका छन् । 

निजामती सेवाले कानूनी रुपमा संस्थागत स्वरुप लिएको दिनलाई आधार मानी प्रत्येक वर्ष भदौ २२ मा निजामती दिवस मनाउने गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro