site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धविरुद्ध हजारौं सडकमा, सयौं पक्राउ
Sarbottam CementSarbottam Cement

बर्लिन । नोभल कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा हजारौं मानिसहरुले प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा सहभागी ३०० भन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बीबीसीका अनुसार शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनमा करिब ३८हजार मानिसहरु सडकमा उत्रिएका थिए । 

जर्मनीमा जस्तै बेलायत, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि कोरोना भाइरस महामारी नियन्त्रणका लागि जारी गरिएका प्रतिबन्धविरुद्ध विरोधमा प्रदर्शनहरू भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बर्लिनको एउटा प्रदर्शनबाट करिब २०० जनालाई पक्राउ गरिएको छ । जर्मन अधिकारीहरूले दक्षिणपन्थी प्रदर्शनकारीहरूले ढुंगा र बोतल प्रहार गरेको आरोप लगाएका छन् ।

उक्त समूहलाई सुरक्षा नियमहरूको अवज्ञा गरेको भन्दै प्रहरीले तितरबितर हुन निर्देशन दिएको थियो । अटेर गर्दै उल्टै आक्रमणमा उत्रिएपछि गिरफ्तार गरिएको अधिकारीहरूले जनाएका छन् ।

Global Ime bank

बर्लिन प्रहरीले सबै उपाय अपनाउँदा अपनाउँदै पनि तिनले काम नगरेपछि पक्राउ गर्नुको विकल्प नरहेको ट्विटरमार्फत् जनाएको छ । सो क्रममा सातजना प्रहरी अधिकारीहरू घाइते भएका बताइएको छ ।

मानिसहरू विभिन्‍न स्थानहरूमा सँगसँगै बसेका थिए । अर्को स्थानमा करिब ३० हजार मानिसहरू भेला भएका थिए । उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्‍न भएको जनाइएको छ । 

प्रदर्शनकारीहरुले जर्मनीमा जारी गरिएका प्रतिबन्धहरूले संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लंघन गरेको र फिर्ता लिन माग गरिएको छ । 

के छन् प्रतिबन्ध ?

जर्मनी कोरोना भाइरस रोकथाम, उपचार, पहिचान र नियन्त्रणका उपायहरू निकै प्रभावकारी रूपमा लागु गर्ने देशहरूमध्ये पर्छ ।  जर्मनी भाइरस संक्रमणबा हुने मृत्युदर न्यून भएका देशहरूमध्ये पनि एक हो ।

तर संक्रमण पथ पहिचान गर्ने काम जारी राखेको छ । जर्मनमा अगस्तमा कोरोना संक्रमितको संख्या बढेको छ । 

चान्सलर एन्जेला मेर्कलले १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिबाना गर्ने नियम जारी गरेकी छन् । 

सार्वजनिक कार्यक्रमहरू माथिको प्रतिबन्ध पनि आगामी वर्षसम्मको गर्न नपाइने भएको छ । 

यसअघि मेर्कलले जाडो याममा संक्रमणको चुनौती बढ्नसक्ने बताएकी थिइन् । जर्मनीमा हालसम्म दुई लाख ४२ हजार जनामा कोरोना संक्रमण भएको छ भने ९ हजार २९७ जनाको मृत्यु भएको छ । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC