site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायलका युवाले ११०० वर्ष अगाडिको सुनका सिक्का फेला पारे 
Sarbottam CementSarbottam Cement

बीबीसी । इजरायलमा पुरातात्विक खोजीका लागि स्वयमसेवकका रपमा काम गरेका एक युवाले ११०० वर्ष अगाडिका ४२५ वटा सुनका सिक्का जमिनमा गाडिएको अवस्थामा फेला पारेका छन् । ती सिक्काहरु इस्लामिक कालको भएको बताइएको छ । 

८४५ ग्राम तौलका ती सिक्काहरु ११०० वर्ष अगाडि पनि अहिले जत्तिकै मूल्यवान् भएको र आलिसान घर खरिद गर्न पर्याप्त रहेको विज्ञहरुले बताइएका छन् । त्यसैले पनि यति ठूलो सङ्ख्यामा सुनको सिक्का लुकाएको मान्छेले ११०० वर्ष अगाडि नै त्यसलाई फिर्ता लिन किन आएन भन्ने रहस्यमयी भएको बताइएको छ । किनकि सिक्का सो ठाउँबाट कतै नहराओस् भनेर त्यसलाई किलाले ठोकेर लुकाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै यत्तिका वर्षसम्म किन कसैको नजरमा परेन भन्ने पनि स्पष्ट भएको छैन । यसबारे इजरायली पुरातात्विक निकायका प्रमुख लिआत नादभ जिभले भनेका छन्, “यति धेरै मात्रामा सुन फेला पर्नु अत्यन्तै दुर्लभ कुरा हो । विशेषगरी पुरातात्विक खोजीका बेलामा यस किसिमका बहुमूल्य वस्तु भेटाउनु लगभग असम्भव नै हुन्छ । किनकि सुनका वस्तुहरु प्रायः पगालेर भए पनि एकपछि अर्को पिँढीलाई हस्तान्तरण गर्ने चलन रहँदै आएको छ । ”

सुन पत्ता लगाउने युवाले पनि यो अनुभव नयाँ र अनौठो भएको उत्साहित हुँदै बताए । उनका अनुसार पहिले त उनले ती सुनका सिक्कालाई केबल रुखका पात ठानेका थिए र राम्ररी अध्ययन गरेपछि मात्र सुन भएको थाहा पाएका हुन् ।  सिक्का सम्बन्धी विशेषज्ञ रोबर्ट कुलले त्यसको अध्ययन गर्दा तिनमा ससाना कटाइ पनि फेला पारेका हुन् जुन त्यो समयको शाषनबारे जानकारी हासिल गर्न महत्वपूर्ण साबित हुने बताइएको छ ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १०, २०७७  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC