site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भिडियोमा कथा खोज्‍ने यी निर्देशक
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय गीतको भिडियोमा निर्देशकहरुले कथा खोज्‍न थालेका छन् । पाँच मिनेटको भिडियोमा गीतको भाव अनुसार निर्देशकहरुले कथा भन्‍न सुरु गरेका हुन् । प्रकाश सपुत, निकेश खड्का, लक्ष्मी बर्देवा, जीवन भट्टराईलगायतले गीतको छोटो भिडियोमा नै कथा भनिरहेका छन् । 

केही समय अगाडि प्रकाश सपुतले निर्देशन गरेको गीत ‘बदला बरिलै’ले बलात्कारको कथा भनेको थियो । समाजमा दिनदिनै हुने गरेको बलात्कारले परिवारमा पारेको असर र कानुनलाई हातमा लिनसक्ने व्यक्ति कसरी कानुनबाट उम्किन्छन् भन्‍ने कथा भन्दै प्रकाशले कुनै न कुनै रुपमा अपराधीसँग पीडितले बदला लिन्छन् भन्ने देखाएका छन् । 

उनी समाजमा रहेका घटना गीतमार्फत भन्‍ने हुटहुटीका कारण गीतमा कथा भन्‍ने प्रयास गरेको बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“कलाकारलाई सिर्जनाको क्षेत्रमा सधैँ केही न केही नयाँ गरौं भन्ने लाग्छ । ममा पनि त्यो स्वाभाविक रुपमा थियो,” प्रकाश भन्छन्, “महिलाको संवेदनासँग जोडिएको विषयमा तीज गीत निकाल्ने मन थियो । त्यसैले यो गीत र भिडियो तयार भयो ।”

उनका यसअघिका ‘गलबन्दी’, ‘बोलमाया’, ‘चरर बरर’मा पनि गीतको भिडियोमार्फत वैदेशिक रोजगारीका कारण व्यक्ति, परिवार र समाजले भोग्दै आएको समस्या देखाएका थिए । उनका गीतको शब्द र लय जति सशक्त हुन्छन्, त्योभन्दा धेरै उनका भिडियो राम्रो हुने गरेका छन् । 

Global Ime bank

गीतको भिडियोमा मनोरञ्‍जनसँगै कथा भन्‍ने निर्देशकमा कलाकार तथा निर्देशक लक्ष्मी वर्देबा र जीवन भट्टराई पनि हुन् । उनीहरु जति कुशलता पूर्वक अभिनय गर्छन् त्यति अब्बल कथा पाँच मिनेटको भिडियोमार्फत भन्छन् । 

कथा भन्छु नै भनेर त लक्ष्मीले निर्देशन सुरु गरेकी होइनन् । तर उनको विगतले नै उनलाई कथा भन्‍न प्रेरित गर्‍यो । “पूर्व निर्धारित योजना नै बनाएर गीतको भिडियोमार्फत कथा भन्छु भन्ने त थिएन तर मेरो पृष्ठभूमी नै रंगमञ्च भएकाले पनि होला केही न केही भनौं भन्ने हुन्छ,” लक्ष्मी भन्छिन्, “पहिला यस्तो भिडियो बन्थ्यो अब यस्तो बनाउँछु भनेर सुरु गरेको होइन । गीतको शब्द सुनेपछि त्यसको भाव अनुसारको कथा दिमागमा आफैं घुम्छ । र त्यसैलाई भिडियोमा उतार्छु ।”

अहिले त उनीहरुलाई भिडियो निर्देशनका लागि अफर गर्नेहरु नै कथा भएको भिडियो चाहियो है भन्‍न थालेका छन् । त्यसो त चार मिनेटको भिडियोमा एउटा सिंगो कथा र त्यसको निष्कर्ष अथवा परिणाम देखाउन कहाँ सहज छ र ?

कन्सेप्ट तयार पार्न त कति समय लाग्छ निश्चित हुँदैन । तर कथा अनुसारको लोकेशन खोज्‍न र छायांकन गर्न समय लाग्छ । “सामान्य भिडियो एकै ठाउँमा खिचे पुग्छ र दुईजना मात्रै भए पुग्छ । तर कथा भन्‍नलाई कथा सुहाउँदो फरक-फरक पात्र चाहिन्छ । फरक-फरक ठाउँमा खिच्नुपर्दा समय र बजेट पनि धेरै लाग्छ,” कलाकार तथा भिडियो निर्देशक जीवन भट्टराई भन्छन्, “तर मेहनत पर्याप्त लागे पनि यसबाट पाइने आत्मसन्तुष्टि र चेतना प्रवाह गर्दा पाइने प्रशंसाको तुलनै हुँदैन ।”

‘जेल पनि सहुँला’, ‘आएन खबर’, ‘हाँसेको मान्छे’ ‘रुमाल चिनो’ लक्ष्मी र जीवनले निर्देशन गरेका गीत हुन् । 

केही समय अगाडि निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियो ‘डर छैन’ सार्वजनिक भयो । विपिन कार्कीले अभिनय गरेको भिडियोले काठमाडौं सहरमा भारी बोकेर खाने भरियाको अभाव र दैनिकीलाई समेटेको छ । अभावमा खान नपाएको दर्द र आँखै अगाडि सहकर्मीको ज्यान जाँदा पनि अन्तिम संस्कारमा सहभागी हुन नसकेको पीडालाई भिडियोले देखाएको छ ।

यो मात्रै होइन हरेक गीतको भिडियोका कथा भन्नु निकेशको विशेषता नै हो । तर पछिल्लो समय लगानीकर्ता अझ धेरै यसतर्फ आकर्षित भएको निकेशले अनुभूत गरेका छन् । 

“गीतको भाव अनुसार भिडियो हुनुपर्छ भन्ने मेरो मान्यता हो, चाहे त्यो डान्सिङ नम्बर नै किन नहोस् । तर स्टेज पर्मेन्स र लगानी रिटन्सका हिसावले पनि कमर्सियल भिडियो नै धेरैले बनाउनु हुन्छ,” निकेश भन्छन्, “तर दयाहाङ राई र लक्ष्मि बर्देवा अभिनित परानै दिन्छुले युट्युब भ्युज पनि राम्रो पाएपछि राम्रो बनाउन सके स्टोरी बेसका भिडियोले पनि लगानी उठाउँछन् भन्ने नजिर बसाए पछि अहिले कथा भन्ने भिडियो बनाउनुपर्यो भन्ने अफर धेरै आउन थालेको छ ।”

नारायण रायमाझी भिडियो निर्माण सुरु हुनुभन्दा अगाडि अडियो मै कथा भन्ने गायक हुन् । अडियोमा संवादमार्फत उनी गीतमा कथा भन्थे । त्यो समयका लागि त्यसो गरिनु बिल्कुल नयाँ प्रयोग भएको नारायण सम्झिन्छन् । पछि भिडियोमा कथा भन्न थालियो । 

“भिडियो सुरु नहुँदै क्यासेटको जमानामा संवादमार्फत गीतको भाव अनुसारको कथा भन्थेँ,” नारायण भन्छन्, “पहिला संवादमार्फत भनिन्थ्यो अहिले त्यसैलाई भिडियोमार्फत भन्न थालियो ।”

कोरोनाको त्रासले फिचर फिल्म छायांकन हुन नसकेको अहिलेको समयमा नायकनायिकाहरु पनि म्युजिक भिडियोमा अभिनय गरिरहेका छन् । उनीहरुले कथाप्रधान भिडियो रोज्न थालेपछि भिडियोमा लगानीहरु यसतर्फ आकर्षित हुन थालेका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  ०८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC