site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

नेपालको कोभिड–१९ को संक्रमणको लहर कुन चरणमा छ त भन्न सकिँदैन तर सरकारी मूर्खता भने तेस्रो चरणमा प्रवेश गरिसकेको छ । मूर्खताको पहिलो चरणमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरू र ‘सरकारी विज्ञ’ नेपालको कोभिड–१९ को जोखिमै नभएको वा नेपाल संक्रमण मुक्त देश भएको प्रचार गर्दै थिए । तिनको यही मूर्खताले चीनको वुहानमा कोभिड–१९ देखिएपछिका पाँच महिना नेपालले खेर फाल्यो । संक्रमण फैलियो भने चिकित्साकर्मीलाई वैयक्तिक स्वास्थ्य सामग्री (पीपीई) आवश्यक हुन्छ भन्ने चिकित्सकहरूलाई देशका स्वास्थ्यमन्त्रीले ‘भान्सामा पनि पीपीई चाहियो भनेको भन्दै कटाक्ष गरे । त्यसपछि के के भयो सबैले थाहा पाएकै छन् । बन्दाबन्दी गर्दाजस्तै खोल्दा पनि सरकारले जनतालाई उचित कारण र सावधानीको आवश्यकताका बारे बताउन आवश्यक ठानेन । यो मूर्खताको दोस्रो लहर थियो । अहिले विज्ञहरूको सल्लाहविपरीत कोभिड–१९ का बिरामीलाई सबै अस्पतालमा छ्यामिस गरेर राख्ने जिद्दी गरेर सरकार मूर्खता तेस्रो लहरमा प्रवेश गरेको छ । 

बदनियत हो कि अज्ञान प्रधानमन्त्री ओली र उनका स्वास्थ्य तथा जनसंख्यामन्त्रीले कोभिड–१९ को महामारीलाई कहिल्यै गम्भीरतापूर्वक लिएनन् । सुरुमा त उनीहरूले नेपालमा संक्रमण फैलनसक्ने जोखिम नै स्वीकार गरेनन् । जोखिम स्वीकार गरेपछि पनि लामो समयसम्म अलमलमै बिताइदिए । विदेशबाट फर्केका एक जना संक्रमित भेटिनेबित्तिकै सरकारले हतार हतार देशभर बन्दाबन्दी (लकडाउन) लागू गरिदियो । बन्दाबन्दी लागू गर्नुको कारण भने जनताले जान्न पाएनन् । यसैले देशभरका जनताले अनावश्यक र अमानवीय सास्ती बेहोरे । भारतबाट फर्केकाहरूलाई देशभित्र छिर्न नदिन भाँजो हालेर संक्रमण छेक्ने मध्ययुगीन असंवैधानिक अभ्यास नेपालमा एक्काइसौं शताब्दीमा अपनाइयो । संक्रमण नफैलदै घर फर्केकालाई सीमामै छेकेर भारतमै महामारीले भयावह रूप लिन थालेपछि भित्र आउन दिइयो । पहिलो चरणको यही मूर्खताले चार महिना बन्दाबन्दीपछि खुकुलो हुनेबित्तिकै दिनहुँ हजारभन्दा बढी संक्रमित भेटिने र दस जनाको मृत्यु हुने अवस्थामा देश पुग्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

 दुर्भाग्य, शासकहरू अझै पनि आफ्ना मूर्खतापूर्ण हठमै अडिएका छन् । एकातिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको सबै अस्पतालका २० प्रतिशत शय्या कोभिड–१९ का बिरामीका लागि छुट्याउन निर्देशनले अरू रोगका बिरामी र चिकित्सकलाई तर्साएको छ । अर्कातिर कोभिड –१९ को उपचारमा संलग्न स्वास्थ्यकर्मीले न्यूनतम सुविधाको समेत अभाव भएको गुनासो गर्न थालेका छन् । उनीहरू कतै प्रोत्साहन भत्ता नपाएको गुनासो गर्दैछन् भने कतै पर्याप्त मास्क, स्यानिटाइजर र पीपीईविनै संक्रमित बिरामीको सेवामा  खटिनु परेको खुलासा गर्दैछन् । यति नै बेला सरकारले भने संक्रमितहरूलाई अरू बिरामी रहेकै अस्पतालमा राख्नेजस्तो स्पेन, इटालीले ६ महिना पहिले गरेकै गल्ती दोहो¥याउने जिद्दी गर्दैछ । विज्ञहरूले यसो गर्दा अरू बिरामी र चिकित्सकमा मनोवैज्ञानिक असर पर्ने र नियमित स्वास्थ्य सेवा प्रभावित भएर अर्को भयावह अवस्था उत्पन्न हुनसक्ने जोखिम औँल्याउँदै संक्रमित अरू बिरामीलाई एउटै अस्पतालमा राख्ने जिद्दी नगर्न सरकारलाईसल्लाह दिएका छन् । तेस्रो मूर्खता गरिछाड्ने हठ त्यागेर सरकारले विज्ञहरूको सल्लाह मान्नु नै बुद्धिमानी हुनेछ । निजी क्षेत्रका मेडिकल कलेज, अस्पताल र खाली अपार्टमेन्ट भाडामा लिएर संक्रमितको व्यवस्थापन गर्न सकिन्छ भन्ने विज्ञहरूको सल्लाह मान्दा सरकारलाई कुनै नोक्सानी हुने देखिन्न भने संक्रमणको भयावहता पनि अपेक्षाकृत रोकिनेछ । जनतालाई महामारीको भुँग्रोमा हाल्ने त सरकारको चाहना होइन होला नि ! 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०७७  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC