site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुराना 'क्लासिक' चलचित्र रिलिज गर्दै खुल्न थाले मेक्सिकोका हलहरु
Sarbottam CementSarbottam Cement

एजेन्सी । कोरोना महामारीका कारण पछिल्लो चार महिनादेखि बन्द रहेका मेक्सिको सिटीका चलचित्र हलहरु पुनःसञ्‍चालनमा आउन थालेका छन् । चलचित्र घरहरु सञ्‍चालनमा आएसँगै कोरोनाको कहरकाबीच पनि केही चलचित्र प्रेमीहरु हलमै गएर चलचित्र हेर्न थालेका छन् । 

चलचित्र प्रेमीहरुले फेस मास्क, शरीरको तापक्रम जाँच गराउनुका साथै स्यानिटाइज गरिएको कार्पेट पार गर्दै चलचित्र हेरेका छन् । अर्थात, सुरक्षाका सबै उपायहरु अपनाएर हलहरु पुनः सञ्चालनमा आएका हुन् । सुरक्षाका उपायमध्ये सबैभन्दा ठूलो कुरा भौतिक दूरीलाई पनि पालना गरिएको छ ।

हलका सिटमा सँगै आएका २-२ जनामात्रै सँगै बस्‍ने मिल्‍ने गरी सिटको व्यवस्था गरिएको छ । दुई सिटपछि ठूलो 'ग्याप' सहित अर्को दुई सिट बस्‍न मिल्नेगरी व्यवस्था गरिएको छ । यसरी एक हलभित्र मात्रै ३० प्रतिशतको क्षमताको व्यवस्था गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र हलहरु खुल्न थाले पनि दर्शकको उपस्थिति भने अहिले न्यून नै देखिएको छ । बुधबार मेक्सिको सिटीको आईएमएएक्स हलमा १० जना मात्रै दर्शक चलचित्र हेर्न आएका थिए ।

उनीहरुले २०१४ मा रिलिज भएको अन्तरिक्ष नाटक इन्टरस्टेलर चलचित्र हेरेका थिए । कोरोना महामारीले निम्त्याएको बन्दाबन्दीले गर्दा लामो समय छायांकन र रिलिज ठप्प भएका कारण मेक्सिको सिटीका हलहरुले पुराना चलचत्रिहरु पुनः रिलिज गरी दर्शकलाई फेरि पहिलेका 'क्लासिक' चलचित्रको स्वाद दिलाउने वातावरण सिर्जना गरिरहेका छन् । 

Global Ime bank

चार महिनापछि हलमा चलचित्र हेर्न पुगेका माटियाज मोरा भन्छिन्,“चलचित्र घरमा फेरि फर्किन पाँउदा खुसी महसुस भएको छ । मेरो लागि चलचित्र हेर्ने सहि तरिका भनेको हलको पर्दामा हेर्नु मात्रै हो ।”

यस्तै ४७ वर्षीय एन्टोनियो एलामिलो र ४२ वर्षीय नलिदा कार्टुजानो पनि चार महिनापछि सन् १९५५ मा रिलिज भएको जेम्स डिनको क्लासिक चलचित्र ‘क्लासिक रिबेल विथआउट अ कज’ हेर्न हल पुगेका थिए । 

“कोरोनाको कहरपछि हलहरु बन्द हुनुको अन्तिम दिन पनि म यहाँ थिएँ भने शुक्रबार हल पुनः खुल्दा पहिलो शो हेर्ने पहिलो दर्शक पनि म बनेको छु । म चलचित्र बिना बाँच्‍न सक्दिन ।”

चीन, भारत र अमेरिकापछि मेक्सिको चौथो चलचित्रको ठूलो बजार हो । मेक्सिकोका हलहरुले ३५० मिलियन टिकटहरु बिक्री गर्ने गर्दछन् । राजस्वको हिसाबमा, ३५० मिलियन डलर टिकट विक्रीका दरले मेक्सिको नवौं स्थानमा छन् । अन्य देशमा भन्दा मेक्सिकामा चलचित्रहलको टिकट मूल्य न्यून छ । 

महामारीका कहरकाबिच,मार्च २५ देखि अगस्ट १० सम्ममा १५२ मिलियन टिकट विक्री गुमाएको र देशभरका दर्जनौं चलचित्र घरहरु स्थायी रुपमा बन्द हुने घोषणा गरेको, चलचित्र थिएटर व्यापार कक्ष क्यानासिनले अनुमान गरेको छ । 

मेक्सिकोका संस्कृति सचिव एलेजेन्ड्रा फ्रास्टो भन्छन्,“ यस प्रकारणको समयमा चलचित्रहरुमा फर्किनु असम्भव प्राय देखिन्थ्यो । तर वास्तवमा यो असम्भव लाई सम्भव बनाउन सक्ने शक्ति ‘कला’मा छ ।”

मेक्सिकोले बिहिबारसम्म कोरोनाभाइरस संक्रमणको संख्या पचार लाख पार गरिसकेको छ । स्वास्थ्य विभागका अनुसार, शुक्रबारसम्म सात हजार ३७१ नयाँ संक्रमित सहित संक्रमितको संख्या जम्मा ५ लाख ५ हजार ७५१ पुगेको छ भने संक्रमणका कारण मृत्यु हुनेको संख्या ५५ हजार २९३ को कोरोनाका कारण मृत्यु भइसकेको छ । - इन्डियन एक्सप्रेस
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC