site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोभिड-१९ ले विकास निर्माणमा असर, सुरुङमार्गको काम पनि अवरुद्ध हुनसक्ने

काठमाडौं । पहिलो चरणको देशव्यापी लकडाउनका कारण निर्माणमा ढिलाइ भएको नागढुंगा- सिस्‍नेखोला सुरुङ मार्ग निर्माणको काम केही दिन अघिदेखि मात्रै सुरु भएको छ । तर, फेरि निर्माण कार्य अवरुद्ध हुनसक्ने सरकारी अधिकारीले बताएका छन् । कोरोना संक्रमणको संख्या बढ्दै जाँदा फेरि लकडाउनको घोषणा गरिए निर्माण कार्य अवरुद्ध हुने अधिकारी बताउँछन् । 

“अहिले त निर्माण कार्य सुरु भइरहेको छ । तर, लकडाउन घोषणा भयो भने निर्माण कार्य रोकिन्छ” सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले बताए । 

“लकडाउन कति खेर हुने हो थाहाँ छैन, तर काम भईरहेको छ” उनले भने । सुरुङमार्ग निर्माणका लागि हाल करिब १ सय ५० जना कामदार संलग्न रहेको उनले जानकारी दिए । काठमाडौं र धादिङमा पर्ने यो सुरुङमार्ग निर्माण कार्य केही दिन अघिदेखि मात्रै सुरु भएको थियो । काठमाडौं उपत्यकासहित धादिङमा पनि कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन नै घोषणा हुनसक्ने आंशका अधिकारीहरुको छ । “बल्ल-बल्ल निर्माण सुरु गर्न लागेको फेरि कतिखेर बन्द हुने हो, थाहा छैन,” उनले भने । 

यो सुरुङमार्गको धादिङतर्फबाट मुख खोल्ने काम भइरहेको छ । सुरुङमार्ग निर्माणका लागि विस्फोटक पदार्थ खरिद गर्न निर्माण कम्पनीलाई सरकारले स्वीकृती दिइसकेको छ । अहिले विस्फोटक पदार्थको प्रयोग नहुने काम अगाडि बढिरहेको उपमहानिर्देशक थापाले बताए । 

“दुई महिनाभित्रमा विस्फोटक पदार्थ आउँछ, त्यसपछि अथ अरु काम अगाडि बढ्छन्” उनले भने । अबको १५ दिनमा सुरुङकै वास्तविक काम गर्ने योजना बनाएको उनले बताए ।

“अहिले सुरुङसम्म जानको लागि बाटो, कर्ल्भट बनाउने काम भइरहेको छ, आगामी १५ दिनपछि धादिङतर्फबाट वास्तविक सुरुङ निर्माणको काम सुरु गर्ने योजना भएको हो” उनले भने, “कोभिड-१९ बढ्दै गयो र लकडाउन भयो भने निर्माण बन्द हुन्छ ।” अहिले विस्फोटक पदार्थ प्रयोग नगरी मेसिनले नै खोप्दै जाने र विस्फोटक आए पनि त्यसको प्रयोग गर्ने भन्‍ने योजना अनुसार काम भईरहेको उनले जानकारी दिए । 

सामान्यतया सुरुङको मुखमा विस्फोटक पदार्थको प्रयोग नगरिने भएकाले पनि मुख खोल्ने कार्य सुरु गरेको उनले बताए । सुरुङमार्ग राजमार्गमा परेकाले पनि मुख खोल्दा विस्फोटक पदार्थको प्रयोग नगर्न खोजिएको पनि उनले बताए । “राजमार्गको तलबाट सुरुङ छ, राजमार्ग जोगाउनु पनि पर्ने भएकाले अहिले विस्फोट नगरी काम निर्माण गरिन्छ” उनले भने । 

फ्लाइओभर पनि बन्‍ने

कुल २.७ किलोमिटर लम्बाइ रहेको सुरुङ मार्गसँगै दुई वटा अन्डर पास निर्माण हुनेछ । आयोजनाअन्तर्गत एउटा 'फ्लाइ ओभर' बलम्बुमा निर्माण हुनेछ । यस्तै सुरुङको मुखमा एउटा अन्डर पास र अर्को अन्डरपास धादिङतर्फको सिस्‍नेखोलामा बन्‍ने छ । यो सुरुङमार्गको गत कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।  सरकारले सुरुङमार्ग निर्माणका लागि प्राथमिकता दिँदै आगामी आर्थिक वर्षका लागि ६ अर्ब ४२ करोड विनियोजन पनि गरिसकेको छ । 

सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको सुरुङ मार्ग देशकै पहिलो सडक सुरुङमार्ग हो । जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा यो सुरुङ मार्ग निर्माण गर्न लागिएको हो । सुरुङ मार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लाग्‍ने अनुमान गरिएको छ ।  यसमध्ये जाइकाको १६ अर्ब रुपैयाँ सहयोग र ६ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ ।  

चार वर्षभित्र सुरुङमार्ग निर्माण सम्पन्‍न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणका लागि जाइकासँग २०७३ पुसमा ऋण सम्झौता गरिएको थियो । सुरुङमार्ग जापानी हाज्मा आङदो कर्पोरेशनले निर्माण गर्नेछ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन २९, २०७७  १८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro