site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
देशभर ७ हजार आइसोलेसन बेड थप गरिने, ३८ करोड विनियोजन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमितको उपचारका लागि सात हजार आइसोलेसन बेड थप गर्न ३८ करोड रुपैंया विनियोजन गरिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सातै प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि थप सात हजार बेडका लागि ३८ करोड रुपैंया विनियोजन गरेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार प्रदेश २ र प्रदेश ५ का लागि ७-७ करोड रुपैंया विनियोजन भएको छ भने सुदूपश्चिम प्रदेश र कर्णाली प्रदेशका लागि ६-६करोड रुपैंया, गण्डकी प्रदेश, बागमति र प्रदेश १ लाई ४-४ करोड प्रदेशगत वितरण गरिएको जानकारी दिए । 

त्यसैगरी २५ हब अस्पताल र २० शिक्षण अस्पतालले एक-एक विशेषज्ञ चिकित्सक सहितको टिम तयारी अवस्थामा राखेको उनले बताए । 

Global Ime bank

कोरोना संक्रमितसँग सम्पर्कमा आएकाहरु खोजपड्‌तालका लागि गाउँपालिकामा एक जना, नगरपालिकामा दुई जना, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच जना गरी प्रत्येक टिममा तीन जना स्वास्थ्यकर्मीको टिम गठन भएको उनले बताए । उनका अनुसार देशैभर कोरोना संक्रमित खोज्न एक हजार ७५ टिम परिचालन भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC