site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सुशान्तको मृत्यु प्रकरणको सीबीआई जाँच हुने
Sarbottam CementSarbottam Cement

एजेन्सी । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको मुद्दा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) मा पुगेको छ ।

खबरका अनुसार केन्द्र (सीबीआई) ले बिहार सरकारको, सुशान्तको मृत्यु प्रकरणमा सीबीआई अनुसन्धान सुरु गर्ने अनुरोध स्वीकार गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसको जानकारी भारतका सोलिसिटर जनरल तुषार मेहताले सर्वोच्च अदालतलाई दिएको हो । बिहारका मुख्यमन्त्री नीतिश कुमारले उक्त मुद्दा सर्वोच्च अदालतमा हस्तान्तरण गर्न सिफारिस गरेका हुन् ।

अभिनेता सुशान्त १४ जुलाईमा बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुन्डिएको अवस्थामा फेला परेको थियो । मुम्बई प्रहरीले उनको मृत्युको अनुसन्धान गर्न थालेको एक महिनाभन्दा धेरै भइसकेको छ । तर कुनै ठोस कारण पत्ता लगाउन नसकेपछि सुशान्तका बुबा केके सिंहले केही दिनअघि बिहार प्रहरीमा मुद्दा दायर गराएका थिए । 

Global Ime bank

उनले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध मुद्दा दायर गराएका हुन् । जसपश्चात् सुशान्तको मृत्यु प्रकरणमा बिहार प्रहरीले अनुसन्धान सुरु गरेको छ । सुशान्तको मृत्युदेखि नै उनका दर्शक र परिवार, सहकर्मीहरुले सीबीआई जाँचको माग गरिरहेका थिए । अन्तत बिहार प्रहरी र सरकारले सुशान्तको मुद्दालाई सीबीआईसम्म पुर्‍याउन सफल भएको छ । (बलिउड हंगामा)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC