site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जब स्थायी कमिटीका बहुमत सदस्यको बैठकले घनश्यामको प्रस्ताव पास गर्‍यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । मंगलबार दिनभर बालुवाटारमा नेकपा नेताहरूको दौडधूप चुलियो ।

मंगलबार बिहान ११ बजेका लागि बालुवाटारमा स्थायी कमिटी बैठक तय भएको थियो । तर, दुई अध्यक्ष, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सहमतिमा ल्याउने महासचिव विष्णु पौडेलको प्रस्ताव सफल हुन नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बन्न पुगेको थियो ।

प्रचण्डनिकट स्रोतका अनुसार मंगलबार बिहान ७ बजे महासचिव पौडेल खुमलटार पुगेको थिए । बैठकअघि दुई अध्यक्षसँग संवाद गराउने उनको ध्येय थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तीन दिनदेखि बैठक टार्दै आएका प्रचण्डले महासचिव पौडेलको कुरालाई रुचिपूर्वक लिएनन् । बरु विषयमा सहमति हुने होइन, पुरानै गथासो, गुनासो सुन्न किन बालुवाटार जानु भन्ने तीतो जवाफ दिएपछि पौडेल बालुवाटार फर्किए ।

विष्णु पौडेल खुमलटारबाट हिँडेलगत्तै प्रचण्ड निवासमा झलनाथ खनाल, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएका थिए । उनीहरू बैठक कुनै हालतमा नरोक्ने साझा निचोडमा पुगे ।

Global Ime bank

माधव नेपाल पक्षका एक नेताका अनुसार चारजना नेताको छलफल झण्डै साढे दस बजेसम्म चलेको थियो । त्यतिबेलासम्म प्रचण्डले खाना खाएका थिएनन् ।

स्थायी कमिटी बैठक रोक्ने विषयमा प्रधानमन्त्री ओलीसँग थप कुराकानी नभएकाले उनी बालुवाटार निस्किए । सातोदोबाटो आइपुगेपछि बैठक स्थगित भएको सूचना पाए । त्यतिञ्जेल आधाआधी स्थायी कमिटी सदस्यको मोबाइलमा बैठक स्थगित भएको सूचना पुगिसकेको थियो । तर प्रचण्ड रोकिएनन् र बालुवाटार लागे ।

नेपालनिकट एक नेताले बताएअनुसार प्रचण्ड ‘वान अन वान’ वार्तामा नआउने संकेत पाएपछि पौडेल बालुवाटार आएर ओलीसँग छलफल गरेका थिए । त्यहाँ ओली पक्षका अरू नेता पनि थिए । प्रचण्ड वार्तामा बस्नै नचाहने अवस्थामा पुगिसकेको हो भने बैठक बस्न सकिँदैन भन्ने निष्कर्षमा ओली समूह पुग्यो ।

त्यहीँबाट महासचिवले स्थायी कमिटी सदस्यलाई म्यासेज गरे । बाहिर एकतर्फीरूपमा बैठक स्थगन गरिएको भन्ने हल्ला चल्न थालेपछि महासचिवले कार्यालय सचिव ईश्वरी रिजाललाई स्थगनको सूचना पठाउन लगाएको नेपाल पक्षको दाबी छ । प्रचण्ड बालुवाटार पुग्ने र रिजालले स्थगनको सूचना प्रशारित गर्ने एकैपटकजस्तो भएको थियो ।

स्थायी कमिटीले तय गरेको बैठक ओली एक्लैले कसैसँग परामर्श नगरी स्थगन गरेपछि माधव नेपाल समूह विशेषगरी क्रूद्ध बन्न पुगेको थियो । उनीहरूले अध्यक्ष प्रचण्डलाई बैठकका लागि जोडबल गरे । प्रचण्ड बालुवाटार नपुगी धरै पाएनन् ।

“बैठक स्थगनको सूचना पाउँदा केही सदस्य बालुवाटार पुगिसकेका थिए । केही बाटैमा जाँदै थिए । बैठक कुनै हालतमा रोक्नुहुँदैन भन्ने निष्कर्षमा हामी यसअघि नै पुगिसकेको हुनाले हामी बालुवाटार सरासर गयौं,” नेपालनिकट एक सदस्य भन्छन् ।

बैठक स्थगनको सूचना पाइसकेका सदस्यहरू आ–आफ्नो कार्यक्षेत्रमा लाखापाखा लागिसकेका थिए । बिहान साढे ११ बजेसम्म सभाहलमा १४–१५ जनामात्रै सदस्य उपस्थित भएका थिए । 

“बाहिर कोरम नपुगेर बैठक स्थगित भयो भनेर सूचना फिँजारिइसकेछ,” एक स्थायी कमिटी सदस्य भन्छन्, “बैठकस्थलबाटै अध्यक्ष प्रचण्ड र माधव नेपालले आफूनिकट सदस्यलाई बालुवाटार बोलाउनु भयो ।”

प्रचण्ड र नेपालको बोलावटपछि स्थायी कमिटी सदस्यहरू बालुवाटारमा जुट्न थाले ।

पूर्वमाओवादी केन्द्रका रामबहादुर थापा, मणि थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी खबर गर्दा पनि आएनन् । नेपाल पक्षका सबै स्थायी कमिटी भेला भएका थिए ।

विधिअनुरूप पार्टी कमिटी चलाउनका लागि बैठकको निरन्तरताको माग गरिएको थियो । ओलीको अनुपस्थितिमा कसरी बैठक बस्ने भन्ने द्विविधामा बैठक केही बेर रुमलियो । 

बैठक चलाउने कि भेला बस्ने भन्ने अन्योल पनि देखा प¥यो ।

अन्तिममा केही स्थायी कमिटी सदस्यहरूले उपाय निकाले पहिलो वरीयताका (मुख्य)अध्यक्ष ओलीलाई जानकारी गराएर बैठक सुचारु गर्ने ।

“जसरी एकजना अध्यक्षले बैठक स्थगित गर्दा विधिविपरीत हुन जान्थ्यो, अर्को अध्यक्षले सहमति बेगर बैठक चलाउँदा पद्धतिविपरीत हुन जान्थ्यो,” नेपालनिकट एक स्थायी कमिटी सदस्य भन्छन्, “हामीले प्रचण्डलाई अध्यक्षलाई जानकारी गराउन जानुस् भन्यौं ।”

प्रचण्ड बिलखबन्दमा परे । ओली बैठकमा आउँदैनन् । स्थगित गर्नु भनेर बिहानै खबर पठाइसकेका पनि छन् । ओलीसँग संवादको कुनै अर्थ प्रचण्डले देखेनन् । एक्लै जान तयार पनि भएनन् ।

स्रोतका अनुसार प्रचण्डले नेपालसहित सचिवालयका नेतालाई जाउँ भनेका थिए । ओलीसँगको संवादका लागि कोही पनि जान इच्छुक देखिएनन् । दुई दिनअघिको संवाद निरर्थक रहेपछि नेपालले पनि निच मारे ।

अन्त्यमा प्रचण्डलाई साथ दिने झलनाथ निस्के । ओलीसँग कुराकानी गर्न प्रचण्ड र खनाल प्रधानमन्त्रीनिवासतिर लागे ।

कुराकानीका क्रममा ओलीले पुरानै अडान दोहोर्‍याएको र ढिपी नछाडेको खनालको दाबी छ । 

“स्थगित गरिसकेको बैठक सुचारु गर्नुको कुनै अर्थ छैन । तपाईंहरू जे मन लाग्छ त्यही गर्नुस्, म बैठकमा आउने कुनै संभावना छैन,” ओलीको मुखबाट यति सुनेपछि प्रचण्ड र खनाल बैठकस्थलमै फर्किए ।

सभाकक्षमा आएपछि प्रचण्डले उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेललाई पालैपालो फोन गरेर बैठकमा बोलाए । पौडेल आउन अनिच्छुक देखिए । वामदेव ६ बुँदे प्रस्ताव बोकेर बैठकमा आए ।

ओलीलाई चुनावसम्म प्रधानमन्त्री र महाधिवेशनसम्म पार्टी अध्यक्ष चलाउन दिनुपर्ने (६ बुँदे) प्रस्ताव गरेको वामदेव बैठकमाचाहिँ खरोरूपमा प्रस्तुत भएका थिए । र, ओलीको चर्को आलोचना गरे ।

यहाँसम्मकी उनले ओलीलाई ‘दुष्ट’को संज्ञा दिएको स्थायी कमिटी सदस्यको दाबी छ ।

दुष्टसँग दैव डराउँछ भन्दै कुरा सुरु गरेका उनले ओलीले पार्टी र सरकार दुवै चलाउन नसकेको निष्कर्ष सुनाएका थिए । एक वर्षअघि नै ओलीबाट अब पार नलाग्ने निष्कर्ष निकाल्दा आफू एक्लै परेको बताउँदै अहिले पार्टी एकता बचाउनकै लागि ६ बुँदे प्रस्ताव अघि सारेको भन्दै आफ्नो प्रतिरक्षा गरेका थिए । र, आफू फुट र विभाजनको पक्षमा उभिन नसक्ने बताएका थिए ।

“यस्तो व्यक्ति बोकिरहेका छौं, जसले फोहोरमात्रै गरिरहेको छ । तर, अहिले नै प्रधानमन्त्रीबाट हटाउँदा पार्टी फुट्छ कि, दुर्घटना हुन्छ कि भन्ने डर छ,” वामदेवको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “त्यही भएर मैले तत्काल प्रधानमन्त्रीबाट नहटाउँ भनेको हुँ ।”

अन्त्यमा अध्यक्ष कमरेडले बोलाउनु भयो, मेरो कुरा यही हो भन्दै वामदेव गौतम सभाकक्षबाट बाहिरिएका थिए ।

लगत्तै भीम रावलले व्यक्ति मिलाउन नभई विधि र पद्धतिका लागि लडेको भन्दै गौतमलाई जवाफ दिएका थिए ।

रावलले टाउका देखाएर बार्गेनिङ गर्न नमिल्ने र दुई अध्यक्षको लेनदेनबाट निकास ननिस्कने भन्दै जवाफ दिए पनि गौतमले सुन्न पाएनन् । रावल बोलिरहँदा उनी बैठक कक्षबाट बाहिरिइसकेका थिए ।

बहुमत सदस्यको भेला भए पनि उपस्थित सबैको मत भने विभाजित भयो । विशेषतः तीनथरी विचार देखापरेको प्रचण्ड समूहका स्थायी कमिटी सदस्य बताउँछन् ।

माधव नेपाल समूहका, बेदुराम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डेलगायत केही स्थायी कमिटी सदस्यहरू बैठकलाई नियमित एजेन्डामा फर्काउनुपर्छ भन्नेमा उभिए । उनीहरू त विषयमा सहमति जुट्न नसके पार्टीको विधान पछ्याउँदै बहुमतले निर्णय गरेर जानुपर्छ भन्ने मत राख्दै आएका छन् ।

पूर्वमाओवादी केन्द्र समूहका केही नेता अनुपस्थित भए । उपस्थित भएकामध्ये पनि केही ओलीले प्रस्ताव गरेको अर्ली (चाँडो) महाधिवेशनमा सहमत भएर जानुपर्छ भन्ने धारणा राख्नतिर लागे । यो विचारको नेतृत्व जनार्दन शर्माले गरे ।

नियमित एजेन्डामा पनि प्रवेश गर्न नसक्ने र अर्ली महाधिवेशनमा पनि जान नसक्ने भएपछि माधव नेपाल समूहकै मध्यमार्गी नेता घनश्याम भुसालले एउटा चिर्कटो अघि सारे । 

“जारी रहेको स्थायी कमिटीको बैठक पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले एक्लैले स्थगित भएको सूचना प्रशारित गर्नु उचित थिएन । यस विषम परिस्थितिमा पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखी अर्का अध्यक्ष कमरेड केपी शर्मा ओलीसँग छलफल गरी बैठक सुचारु गर्न पार्टी अध्यक्ष कमरेड प्रचण्डलाई दिने निर्णय उपस्थित सदस्यहरूको बैठकले गर्‍यो,” चिर्कटो (कागजको टुक्रा)मा लेखिएको थियो ।

बेदुराम भुसाललगायत केही सदस्यले विवाद गरे । बहुमत सदस्य भेला भएको बैठकले प्रस्ताव गरेको हुनाले ‘उपस्थित’ भन्न नहुने उनीहरूको मत थियो । त्यो मतका पक्षमा रघुजी, सुरेन्द्र पाण्डेहरू उभिए । पूर्वमाओवादी केन्द्र समूहका सदस्यहरूले पनि समर्थन जनाउन थाले ।

अन्तिममा उपस्थित शब्द झिकेर भुसालकै प्रस्ताव पारित भयो ।

एकले अर्कालाई देखाउन स्थगित र आयोजना गरेको बैठक अन्ततः पुनः सहमति खोज्ने निष्कर्षका साथ सकियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  २३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC