site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाढीले बगायो रोपो, किसान भन्छन्– मलबिनै डुबेको धानमा कसरी लाग्ला बाला ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

जनकपुर । मुलुक कृषि प्रधान । तराईको प्रमुख बाली धान । यतिबेला रोपाइँ सकेर गोडमेल गरी मल राख्नुपर्ने हो । तर, किसानले त्यस्तो गर्न पाइरहेका छैनन् । कोही मलको आशमा सरकारको मुख ताकेर बसेका छन् भने कोही अत्यधिक वर्षाले डुबानमा परी गलेको धान हेर्दै बस्न बध्य छन् । 

धान खेती गर्ने किसानको के हो समस्या ?
सामान्यतः धान खेती गर्ने किसानले वर्षाको समय आकलन गरी बीउको ब्याड लगाउँछन् । धनुषा, महोत्तरी र सिरहालगायत जिल्लाका किसानले यसअघिका वर्षहरूमा साउन महिनाभर रोपाइँ गर्थे । यस वर्ष पनि सोहीअनुरूप जेठ अन्तिम सातातिर ब्याड लगाएर तर, अन्य वर्षको तुलनामा यसपालि असार पहिलो सातादेखि नै वर्षा सुरु भयो । खेतमा पानी लागिसकेपछि हतार–हतार किसानले पूर्ण तयार नभएकै बीउ रोपे । 

यसरी सानो बीउ रोप्दा पानी नजम्ने खेतहरूमा निरन्तरको वर्षाले धान सप्रिँदै गयो । ती किसानहरूले समयमै धानको गोडमेल पनि सके । तर, मलका लागि भौंतारिन थाले । किसानले अझै सहज रूपमा मल पाउन सकेका छैनन् । कृषि सामग्री केन्द्रले उपलब्ध गराउनेजस्तो गुणस्तर नभए पनि भारतीय बजारबाट लुकी–चोरी व्यापारीले ल्याएको मल महँगोमा किन्न किसान बाध्य छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“तीन बिघामा धान लगाएको छु । गोडमेल गरेको एक साता बित्दा पनि सरकारले मल पठाउने तयारी नगरेपछि हिजो भारतबाट अवधै रूपमा ल्याइएको गुणस्तरहीन मल महँगैमा किनेर आज छर्दै छु,” धनुषाधामका किसान हरिनारायण यादवले बाह्रखरीसँग भने, “मलबिनै बाढीमा डुबेको धानमा कसरी लग्ला बाला ?”

डुबानले डुबे किसान
किसानको अर्को समस्या हो, डुबान । वर्षाको पानीका भरमा रोपाइँ गर्ने किसानहरू यतिबेला संकटमा छन् । पछिल्लो केही वर्षको तुलनामा यसपटक धेरै वर्षा भएपछि लगाइएको रोपो डुबेको छ । केही बगाएको छ । 

Royal Enfield Island Ad

वर्षा सुरु भएपछि समयमै रोपाइँ सकेर ढुक्क हुने मनस्थिति बनाएका किसानहरूले यति लामो समयसम्म पानी परिरहला भन्ने सोचेकै थिएनन् । 

असार दोस्रो साता रोपेको रोपो अविरल वर्षाले डुबेको थियो । एक साताको वर्षाले रोपो भित्रभित्रै गल्यो । पानी रोकिएपछि ब्याडमा अलिअलि उब्रेको बीउ संकलन गरेर किसानले पुनः रोपाइँ गरे । साताअघिको अविरल वर्षाले यसलाई पनि बगाएपछि किसान मर्कामा परेका हुन् ।

“भोलि के हुन्छ थाहा छैन । किसानको कर्तव्य रोप्ने हो । फल्ने–नफल्ने कुरा भगवानको हातमा छ,” सबैला नगरपालिका मटहीका किसान बिक्रु सदाले भने, “एकचोटी रोपेको धान पानीले बगाएर लगेपछि फेरि रोप्यौं । लगातारको वर्षाले अवस्था उही बनेपछि किसानको हिम्मत घटेको छ । नियमितजसो डुबानको समस्या खेपिरहने किसानले दुई पटकसम्म रोप्न मिल्नेगरी ब्याड तयार पारेका हुन्छौं । तर यसपालि तेस्रोपटक पनि रोप्नुपर्ने अवस्था आउन सक्छ भनेर के थाहा ?”

 

 

एकपटक रोपेको धान सातादिनसम्म डुबानमा परेपछि गलेको र त्यसपछिको रोपाइँ पनि त्यस्तै अवस्थामा पुगेपछि तेस्रोपटक रोपाइँ गर्न बीउ अभाव रहेको सदाको दुखेसो छ । उनी भन्छन्, “अब यतिबेला नयाँ ब्याड लगाउन पनि सम्भव छैन । खेतमा सोझै धान छर्न त सकिन्थ्यो तर, त्यसका लागि पनि बीउ धान सीमित हुन्छ । भएको सकियो । अब कहाँबाट ल्याउने ?” 

सबैला नगरपालिका ४ का वडाध्यक्ष कुशेश्वर ठाकुरले आफ्नो वडामा मात्रै करिब ४० बिघामा लगाइएको धान डुबानमा परेर नष्ट भएको बताउँछन् । “मेरो आफ्नै सावा बिघा खेतको धान गलेर सखाप भएको छ,” उनी भन्छन्, “मैले नेतृत्व गरेको वडामा कम्तीमा पनि ४० बिघाभन्दा बढी धानखेतीको अवस्था दयनीय छ ।”

हंसपुर नगरपालिकाद्वारा किसानलाई राहत दिने तयारी
धनुषाकै हंसपुर नगरपालिका प्रमुख रामज्ञान मण्डलका अनुसार उक्त नगरपालिकामा मात्रै करिब डेढ सय बिघा धानखेती नष्ट भएको छ । बलुवा नदीमा आउने बाढी अनियन्त्रित भएर हंसपुरको ६, ७, ८ र ९ नम्बर वडामा धानखेती बढी प्रभावित भएको उनको भनाइ छ । नगर प्रमुख मण्डलले डुबानका कारण धान नष्ट भएका किसानको खर्च मूल्यांकन गरी राहत दिने तयारीमा रहेको जानकारी दिए ।

अहिल्यै क्षतिको अनुमान लगाउन गाह्रो छ : प्रदेश २ सरकार
प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र रायले कहिले सुक्खा त कहिले डुबानको मारमा प्रदेश २ का किसानहरू परेको उनको भनाइ छ । यसपालि अत्यधिक वर्षाका कारण अधिकांश किसान प्रभावित भएको उनको भनाइ छ । “रौतहटमा वाग्मती, लालबकैया र झाँझ नदीको बाढीले करिब ७० प्रतिशत भूभाग जलमग्न छ,” उनी भन्छन्, “न वर्षा रोकिने छाँट देखिएको छ न नदीको सतह घट्ने सम्भावना । यस्तो अवस्थामा अहिले नै कति क्षति भयो भनेर अनुमान लाउनु उचित हुँदैन ।”

यसपालिको अवस्था हेर्दा डुबान र सुक्खाको जोखिममा रहेका खेतलाई वर्गीकरण गरी मौसम र परिस्थिति सुहाउँदो धानको प्रजाति विकास गर्नुपर्ने महसुस भएको राज्यमन्त्री राय बताउँछन् । यसका लागि विगतमा केही काम भए पनि प्रभावकारी हुन नसकेको बताउँदै उनले अगामी दिनमा यस्ता विषयमा गम्भीर रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए । 
 

 

 

 

 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro