site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
विश्वमा ६ हप्तामा दुई गुणा बढे काेराेना संक्रमित
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड-१९ अहिलेसम्म घोषणा गरिएका स्वास्थ्य आपतकालमध्येकै 'सबैभन्दा गम्भीर स्वास्थ्य संकट' भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ । 

डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले महामारीबारे समीक्षा गर्नका लागि डब्लूएचओको आपत्‌कालीन समितिको बैठक यही साता फरि बोलाउने बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि विश्व स्वास्थ्य संगठनले अन्य पाँचवटा स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । जसमा इबोलाका लागि दुई पटक, जीका, पोलियो र स्वाइन फ्लुको संक्रमणको समय रहेका छन् । 

गत जनवरीमा 'विश्वव्यापी स्वास्थ्य आतपकाल' घोषणा गरिएयता विश्वभरि एक करोड ६० लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने साढे ६ लाखभन्दा बढी मानिसको संक्रमणबाट मृत्यु भएको छ । 

Global Ime bank

"जनवरी ३० मा मैले जनस्वास्थ्यमा अन्तर्राष्ट्रिय आपतकालको घोषणा गर्दा चीनबाहिर सयवटा मात्रै कोरोना भाइरस संक्रमण देखिएको थियो, मृत्यु भएकै थिएन," डब्लूएचओ प्रमुख टेड्रोसले भने, "कोभिड-१९ ले हाम्रो विश्वलाई बदलिदिएको छ । त्यसले मानिसहरूलाई, समुदायहरूलाई र देशहरूलाई एकसाथ ल्याइदिएको छ र उनीहरूलाई अलग पनि पारिदिएको छ ।"

विगत ६ हप्तामा कुल संक्रमितको संख्या दुई गुणाले बढेको उनले बताए ।  कोरोनाभाइरससँग जुध्‍नका लागि विश्वले ठूलो प्रयत्‍न गरिरहे पनि "अझै धेरै गर्न बाँकी रहेको" टेड्रोसले बताए । 

विश्व स्वास्थ्य सङ्गठनको आपत्‌कालीन कार्यक्रमका निर्देशक माइक रायनले फेरि संक्रमण फैलिएका देशहरूमा थप लकडाउन गर्न आवश्यक पर्नसक्ने बताए ।  तर, सम्भव भएसम्म छोटो समयका लागि र निश्चित भूगोलका लागि हुनुपर्ने उनीहरूको सुझाव छ । - बीबीसी 

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  ०८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC