site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

महामारीमा राम्रो काम गरेको भए सरकारका मन्त्रीहरूले कति स्याबासी पाउँथे होलान् ? विडम्बना,  स्वास्थ्य मन्त्रालयको राजनीतिक र प्रशासनिक नेतृत्वमाथि भ्रष्टाचार तथा चरम अव्यवस्थाको आरोप लाग्न पुग्यो । यस्तो आरोप अरू कसैका कारण लागेको भने होइन । महामारीलाई समेत कमाउने र आफन्त पोस्ने मौका बनाउन नहिचकिचाएको देखिएपछि स्वास्थ्य मन्त्रालयका मन्त्री र सचिव आलोचनाका पात्र बनेका हुन् । विशेषगरी, ओम्नी नामको व्यापारी समूहलाई पोस्न गरिएको चलखेलका कारण संसद्, सामाजिक सञ्जाल, सञ्चार माध्यमका साथै गाउँका चौतारा र बजारका चिया पसल जताततै स्वास्थ्य मन्त्रालयको नेतृत्वको आलोचना भएको छ । यही क्रममा नेपाल औषधि उत्पादक संघले पनि स्वास्थ्य मन्त्रालयमाथि स्यानिटाइजरको गुणस्तर परीक्षण र दर्ताविनै उत्पादन तथा विक्री वितरण गर्न दिएर जनस्वास्थ्यमाथि खेलबाड गरेको आरोप लगाएको छ । सरकारले मापदण्डविपरीतका स्यानिटाइजर विक्री गर्न दिएको विरोधमा औषधि उत्पादक संघ अगिल्लो सातादेखि आन्दोलनरत छ ।

नेपाल औषधि उत्पादक संघले सरकारमाथि ‘मापदण्डविपरीतको गुणस्तरहीन स्यानिटाइजर’ विक्री गर्न दिएको आरोप लगाएको छ । यसैगरी स्वदेशी उद्योगको उत्पादनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) कोे परीक्षणपछि पनि प्रमाणीकरणका लागि महिनौ आलटाल गर्ने तर गुणस्तरहीन विदेशी उत्पादनलाई प्रोत्साहन दिने गरेको पनि आरोप संघले लगाएको छ । यी दुवै गम्भीर आरोप हुन् । यी आरोप सत्य हुन् भने त्यो जघन्य अपराध हो । कारणm संक्रमणबाट जोगिन प्रयोग गरिने स्यानिटाइजर नै गुणस्तरहीन भयो भने संक्रमण फैलन सक्छ । नेपाली उद्योगहरू स्यानिटाइजरको उत्पादनमा आत्मनिर्भर भइसकेको दाबी पनि उद्यमीहरूले गरेका छन् । त्यस अवस्थामा गुणस्तरहीन स्यानिटाइजर निर्बाध आयात गराउनु नेपालको औषधि उद्योगविरुद्धको षड्यन्त्र पनि हो । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वास्थ्य मन्त्रालयको नेतृत्वले नै देशमा गुणस्तरहीन स्यानिटाइजर भित्र्याउन चलखेल गरेको आरोप झट्ट पत्याउन गाह्रो हुन्छ । किनभने, कोभिड—१९ को संक्रमणबाट जोगिनका लागि संसारभर प्रवर्धन गरिएको एउटा उपाय स्यानिटाइजरको प्रयोग पनि हो । विसंक्रमणका लागि घरभित्र साबुनपानीले हात धुन र घरबाहिर स्यानिटाइजर प्रयोग गर्न नेपालको स्वास्थ्य मन्त्रालयले पनि आह्वान गर्दै आएको छ । गुणस्तरहीन स्यानिटाइजरको प्रयोगबाट त संक्रमण पक्कै रोकिँदैन । बजारमा गुणस्तरहीन स्यानिटाइजर सरकारसमेतका कारण पठाइएको हो भने त्यो गम्भीर र अक्षम्य अपराध हो । परन्तु, विश्व स्वास्थ्य संगठनले अस्वीकार गरेको र धेरै मुलुकहरूले फिर्तासमेत गरेको रेपिड डायग्नोस्टिक टेस्ट किटको प्रयोगप्रति स्वास्थ्यमन्त्रीको बढी नै मोह देखिइसकेको छ । यसैले पनि यस्तो आरोपमा सहजै विश्वास हुन्छ । कमिसन त पक्कै पनि गुणस्तरहीन सामान बेच्नेहरूले नै बढी देलान् तर त्यसैको लोभमा जनताको स्वास्थ्यसँग खेलबाड गर्नु दण्डनीय र अक्षम्य अपराध हो । स्यानिटाइजरको गुणस्तरमा प्रश्न उठिसकेपछि सरकारले औषधि व्यवसायीहरूको आरोपको उत्तर दिनुपर्छ । नत्र आरडीटीको प्रयोगमा जस्तै गुणस्तरहीन स्यानिटाइजरको उत्पादन र वितरणमा पनि आर्थिक स्वार्थ रहेको प्रमाणित हुनेछ । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC