site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

भारतका केही टेलिभिजन च्यानलहरू हतारमा बन्द गर्ने र साता दिन पनि त्यस्तो निर्णयमा नअड्ने प्रवृत्ति नेपालका लागि थप प्रत्युत्पादक हुनसक्छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित अत्यन्त अमर्यादित र अशिष्ट सामग्री प्रसारण गरेपछि भारत सरकार निकट मानिने केही टेलिभिजनहरूको प्रसारणको वितरण केबल अपरेटरहरूले रोकेका थिए । तर, त्यसरी रोकिएका भारतीय टेलिभिजन च्यानलहरु नेपालका केबल वितरकले फेरि दिन थालेका छन् । नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजनबाहेकका अरु सबै च्यानल वितरण गर्ने निर्णय वितरकहरूले गरेका हुन् । ग्राहकहरूको दबाब आएकाले बन्द गरिएका अधिकांश च्यानलहरू खोलिएको वितरकहरूले बताएका छन् । त्यसो त नेपाल सरकारले पनि भारतीय सञ्चारमाध्यमबाट प्रसारित आपत्तिजनक सामग्रीको विरोधमा दिल्लीस्थित नेपाली दूतावासमार्फत् शुक्रबार भारतलाई ‘कूटनीतिक नोट’ पनि पठाएको छ । 

नेपालभित्र भारत सरकार निकट सञ्चार माध्यमहरूको अशिष्ट प्रस्तुतिको सबै पक्षबाट निन्दा भएको थियो । भारत सरकारसँग यस विशेषमा विरोध जनाउन पनि जनस्तरबाटै सरकारको ध्यानाकर्षण भएको देखिएको थियो । भारतमै पनि सरकारका ‘पाल्तु’ अर्थात् ‘गोदी मिडिया’का रूपमा बदनाम ती टेलिभिजनहरूमा प्रसारित सामग्रीको नेपालमा खासै प्रभाव भने पर्दैन । यसैले तिनलाई प्रतिबन्ध लगाउने निर्णय भने सही होइन । केबल वितरकहरूले स्पष्ट नबताए पनि प्रसार रोक्ने त्यो निर्णय सरकारकै दबाबमा भएको स्पष्टै बुझिन्थ्यो । अहिले विरोधमा कूटनीतिक नोट दिइसकेपछि सम्भवतः सरकारकै निर्देशनमा केबल वितरकहरूले सीमित च्यानलमाथिको प्रतिबन्ध कायमै राखी अरूलाई खोल्ने निर्णय गरेको हुनुपर्छ । सरकारी निर्देशन आँखा चिम्लेर मान्दा केबल वितरकहरूको भने साख गुमेको छ । ग्राहकलाई अब वितरकहरूले भनेको पत्याउन सजिलो हुनेछैन ।

Prabhu Bank
Agni Group
NIC Asia

यस प्रकरणमा नेपाल सरकार सुरुदेखि नै चुकेको हो । विशेषगरी भारतसँगको विवादमा भारतस्थित नेपाली दूतावास भूमिकाविहीन रह्यो । भारतमा नेपालका शुभेच्छुक, शुभचिन्तक र स्वतन्त्र सञ्चारकर्मीको ठूलो समूह भएर पनि नेपाली दूतावासले उनीहरूसँग सम्बन्ध राख्न नसकेको देखियो । भारतमै जनस्तरबाट गोदी मिडियाको ज्यादतीका सम्बन्धमा प्रश्न उठाउन सकिएको भए नेपालमा प्रतिबन्ध लगाउनुपर्ने थिएन । अर्को, नेपालले न्यायिक उपचार पनि खोज्न सक्थ्यो । अर्कातिर, यसभन्दा पहिले पटकपटक सञ्चार माध्यम र सामाजिक सञ्जाल नियन्त्रण गर्न पटकपटक असफल दुष्प्रयास गरेकाले सरकारको नियतप्रति नागरिक समाजमा सन्देह रहेको छ । सञ्चार माध्यममा प्रतिबन्ध लगाउन सरकार पल्क्यो भने नेपाली सञ्चार माध्यमहरू पनि अपवाद नजोगिन सक्छन् । सरकारको यस्तो अपरिपक्व र अलोकतान्त्रिक निर्णयले सरकार खेलाँचीमा चलेको देखायो । निषेध र प्रतिबन्ध सही एवं लोकतान्त्रिक उपाय हुनसक्तैन । 
 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २९, २०७७  १६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC