site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रानीपोखरीलाई बजेट अभाव
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
 
चितवन । पर्यटनको प्रचुर सम्भावना भएपनि बजेटको अभावमा भौतिक पूर्वाधार निर्माण हुन नसक्दा चितवन नगरपालिका–४ किरणगञ्जस्थित रानीपोखरी ओझेलमा परेको छ । 
 
करिब पाँच बिगाहा जमिनमा फैलिएको रानीपोखरी क्षेत्रको बीच भागमा ठूलो पोखरी रहेको छ । उक्त पोखरीमा वर्षैभरी पानी रहन्छ । वरिपरी डिलमा २३ वटा ढुङ्गामा कुँदिएका आकर्षक मूर्ति रहेका छन् । पर्यटक का लागि भ्यूटावर, मन्दिर र गोलघर निर्माण भइरहेको छ । 
 
पर्यटकका लागि यहाँ पिउने पानी उपलब्ध गराउन बोरिङ जडान गरिएको छ । स्थानीय तहबाट राष्ट्रिय लोकदोहोरी कार्यक्रमको आयोजना गरी रु १५ लाख जुटाएर पूरै भू–भागलाई तारजालीले घेरेर सुरक्षित बनाइएको छ । 
 
रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङ जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य भएर पनि बजेट अभावले व्यवस्थित गर्न नसक्दा रानीपोखरी ओझेलमा परेको बताउँछन् । देशभरका २३ जना मूर्तिकालरले कुँदेका मूर्तिले रानीपोखरीलाई आकर्षक वनाएको छ । 
 
यहाँ पर्यटक घुमाउन डुङ्गाको अभाव रहेको छ । “बजेट अभावले ढुङ्गा किन्न सकेका छैनौँ,” गुरुङले भने। हालसम्म संरचना निर्माणका लागि चितवन नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ भने जिविसले रु छ लाख सहयोग गरेको छ । यस्तै पर्यटन मन्त्रालयले रु तीन लाख सहयोग गरेको बताइएको छ । 
 
रानीपोखरी परिसरमा क्याम्प राखेर पर्यटक राख्ने, डुङ्गा चलाउने, वनभोजस्थल बनाउने, पर्यटकका लागि वपास बस्ने व्यवस्था गर्ने, खानेपानीको प्रबन्ध गर्नेलगायत काम आर्थिक अभावले रोकिएको गुरुङले बताए । जिल्ला भित्रिने पर्यटकका लागि गन्तव्य रानीपोखरी बनाउन बजेट र प्रचारप्रसारको अभाव रहेको छ । भरतपुरबाट करिब १२ किलोमिटरको दुरीमा रहेको रानीपोखरी जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सके पश्चिम चितवनको मुहार फेरिने निश्चित छ । रासस
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७३  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC