site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सिन्धुपाल्चोकको बाह्रबीसेमा गएको पहिरोमा परेका दुई जनाको शव फेला परेको छ भने २० जनाभन्दा बढी  बेपत्ता भएका छन् । बाह्रबीसेको जम्मु बजार पहिरोले बगाएको छ । काठमाडौं उपत्यकामा बाहिरी सम्पर्कमै नगएकाहरूमा समेत कोभिड — १९ को संक्रमण देखिन थालेको छ । मनसुनसँगै बाढी, पहिरो र डुबानको समस्या बढ्ने र मानवीय संकट उत्पन्न हुने निश्चितै छ । सरकारका मुखपत्रजस्ता भएकाले भारतीय पत्रकारहरूले नै ‘गोदी मिडिया’ भन्ने गरेका मूलतः हिन्दी टेलिभिजनहरूले नेपाल र विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध छुद्र विषवमन गरिरहेका छन् । यस्तोमा नेपालभित्र भने प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीको राजीनामाको माग र इन्कारमा समय बर्बाद गरिएको छ । प्रधानमन्त्री ओली समर्थकहरूले संक्रमणको विस्तारमा ‘योगदान’ गर्नकै लागि उनको पक्षमा प्रदर्शन सुरु गरेका छन् । गैरजिम्मेवारीको पराकाष्ठा ! 

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमाथि महामारीका बेला चिकित्सा सामग्री किन्दा पनि भ्रष्टाचार गरेको आरोप लागेको छ । कोभिड—१९ को संक्रमण प्रधानमन्त्री ओलीको दम्भ र सरकारी संयन्त्रको बदनियत र हेलचेक्य्राइँका कारण समुदायमा पुगेको संकेत देखिन थालेको छ । क्वारेन्टिनमा राखिएका व्यक्ति बिरामी भएर उपचार नपाई मरेका छन् । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि चरम गरिबीमा रहेकाहरू भकाभक मरेका छन् । अर्थात्, विपक्षले मात्र हैन सत्ता पक्षले नै प्रधानमन्त्री ओलीको राजीनामा माग्नुपर्ने मनग्गे कारण उचित कारण थिए । तर, यस्ता कुनै कारण देखाएर सत्तारुढ दलका कार्यकारी अध्यक्षलगायतका नेताले प्रधानमन्त्रीको राजीनामा मागेका भने हैनन् । उनीहरू त प्रधानमन्त्री ओलीले सके दुवै पदबाट नभए पनि एउटा पदबाट त राजीनामा दिनुपर्ने रटमात्रै लगाइरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो समाचारअनुसार नेकपाका ‘भारण्ड’ अध्यक्षहरूबीच एक्लाएक्लै वार्ता भइरहेको छ । ओलीविरुद्धको विवादमा छलफल थालेको पार्टीको स्थायी कमिटीको बैठक भने सारिएको सारिएकै छ । कार्यकारी भनिएका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एउटा पद त छाड्नै पर्ने अडान राखेको र प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री हुन अर्को संसदीय निर्वाचनबाट जनादेश ल्याउन र अध्यक्ष हुन महाधिवेशनसम्म पर्खन’ ओँठे जबाफ दिएर दाहालका कुनै माग नमान्ने स्पष्ट बताएको समाचार छ। शासन सञ्चालनमा असफलता र देशमा व्याप्त अराजकता तथा भ्रष्टाचारका कारण प्रधानमन्त्री ओलीले राजीनामा गर्नुपर्छ भनिएको भए दाहाललगायतका नेताको माग देश र जनताका पक्षमा हुन्थ्यो । यसैले जनताले भोग्नुपरेको संकटबाट ध्यान अन्तै लैजानमात्र नेकपाभित्र विवादको नाटक रचिएको त हैन भन्ने शंकासमेत गर्न थालिएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई दुवै वा एउटा पदबाट हटाउनै पर्ने हो भने अर्को पक्षले संविधानसम्मत विधि अपनाउनु पथ्र्यो । अहिलेको नेकपा नेताहरूको शैली हेर्दा त यो सबै नौटंकी ओलीबाट अलि ठूलो भाग पाउन गरिएको मोलतोलजस्तोमात्र देखिन्छ । अध्यक्ष दाहाललगायतका जिम्मेवारी नभएकाहरू त सधैँ बैठकै बसिरहे पनि जनताका लागि केही फरक नपर्ला । तर, प्रधानमन्त्री ओलीले पद त्याग नगर्ने हो भने यस्ता अनावश्यक झ्याउलामा समय खेर फाल्न पाउँदैनन् । नेकपाका नेता गैरजिम्मेवार हुन पाउलान् तर प्रधानमन्त्रीलाई त्यो सुविधा हुँदैन । यसैले प्रधानमन्त्री ओलीले राजीनामा गर्ने हो भने तत्काल गरून् । हैन भने पार्टीको किचलोबाट बाहिर निस्केर देशका समस्यामा ध्यान दिऊन् ! देशको कार्यकारी प्रमुखले राष्ट्र नै संकटमा परेका बेला यसरी अरू मामिलामा अलमलिनु जनताप्रति विश्वासघात हो । प्रधानमन्त्री ओलीले दायित्वबोध गरून् ! 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २५, २०७७  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC