site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चीनद्वारा हङकङको सुरक्षा प्रमुखमा 'हार्डलाइनर' चेङ याङसेङ नियुक्त, प्रजातन्त्र पक्षधरलाई बर्खास्त
Sarbottam CementSarbottam Cement

हङकङ । चीनले हङकङका लागि राष्ट्रिय सुरक्षा कानुन लागु गरेको चार दिनपछि नयाँ सुरक्षा प्रमुख पनि नियुक्त गरेको छ । चीनले नयाँ सुरक्षा प्रमुखमा 'हार्डलाइनर' चेङ याङसेङलाई नियुक्त गरेको बीबीसीले जनाएको छ । 

चीनको दक्षिणी क्षेत्र वुकानमा भएको भूमि विवादपछि उत्पन्‍न आन्दोलनलाई दबाउन उत्कृष्ट भूमिका खेलेकोले अहिले हङकङको सुरक्षा प्रमुखको रुपमा पठाइएको बीबीसीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गुआन्जोङ प्रान्तका कम्युनिस्ट पार्टी कमिटीका जनरल रहेका चेङ सन् २०११ मा वुकान सहरमा भएको भूमि विवादको प्रदर्शनलाई निस्तेज पार्न सफल भएको व्यक्तिको रुपमा परिचित छन् । 

सरकारले स्थानीयमा गुनासाहरु नसुनेको र बल प्रयोग गरेको भन्दै स्थानीयहरुले केही अन्तर्राष्ट्रिय मिडियामार्फत उनको आलोचना गरेका थिए । त्यसको प्रतिक्रियामा उनले अन्तर्राष्ट्रिय मिडियाहरु चीनमा आन्दोलन भएकोमा खुसी हुने र रमाउने गरेको टिप्पणी गरेका थिए । 

Global Ime bank

यसअघि लागु गरिएको सुरक्षा कानुनलाई लागु गराउन उनलाई मुख्य जिम्मेवारी सुम्पिएको बताइएको छ । तर, हङकङमा प्रजातन्त्र पक्षधरहरुले भने हङकङको स्वतन्त्रताको अन्त्य गरेको बताउँदै आएका छन् । 

नयाँ सुरक्षा कानुनको विश्वभरबाट विरोध भइरहेको छ । उक्त कानुन लागु भएसँगै केही प्रजातन्त्र पक्षधरहरुलाई उनीहरुको भूमिकाबाट बर्खास्त गरिएको छ । जसमध्येका स्थानीय सांसद र पूर्व विद्यार्थी नेता नाथन लले हङकङ छोडेका छन् । 

बुधबार कानुन लागु भएको भन्दै विरोधमा उत्रिएकाहरुलाई प्रहरीले सयौंलाई नियन्त्रणमा लिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC