site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘नेपाल छिर्नै लागेका दुई झुन्ड सलह उत्तर प्रदेशबाट मध्य प्रदेशतिर लागे’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल छिर्नै लागेका दुई झुण्ड सलह मध्य प्रदेशतिर लागेका छन् । बिहीबारको अध्यावधिक जानकारीअनुसार नेपालको सिमानाबाट सबैभन्दा नजिक रहेको सलहको झुण्ड बिहान ६ बजे भारतको उत्तर प्रदेशको इटावा क्षेत्रमा १०० हेक्टर र ५५ हेक्टर क्षेत्रफलमा २ वटा झुण्ड रहेका थिए ।

तर, आब ती झुण्ड हावाको बहावसँगै मध्येप्रदेशतर्फ लागेका हुन् । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका  सूचना अधिकारी रामकृष्ण सुवेदीका अनुसार ती झुण्ड शनिबारसम्म हावाको बहावको पूर्वानुमान अनुरुप नेपाल आउने अनुमान लगाइएको थियो । तर, अहिले त्योभन्दा टाढा गएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले बाह्रखरीसँग भने, “सलहका ती झुण्ड मध्य प्रदेशतर्फ लागेका छन् । अब २–४ दिन यता आउने सम्भावना कम छ ।”

हावा पूर्वबाट पश्चिम लागेका कारण उनीहरु फर्किएको दाबी उनले गरे ।

Global Ime bank

यसो त नेपालभर देखिएका सलहका पुराना झुण्ड बिस्तारै हराउन थालेका छन् । प्यूठान र दाङमा धेरै संख्यामा देखिएका ती झुण्डले त्यहाँको बालीमा धेरै असर गरेर त्यहाँबाट पश्चिम लागेको सुवेदीको जानकारी छ ।

यसो त सबै झुण्ड तितरवितर भएका कारण संख्या घटेको छ । सुवेदीले थपे, “अब केही दिन डराउने पर्ने कारण छैन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १९, २०७७  १७:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC