site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

‘भारदार विज्ञ’हरूले नआउने ठोकुवा गरेका भए पनि अन्ततः सलह नेपाल आइछाड्यो । सर्लाही, बारा र पर्सामा शनिवार देखिएका सलह चितवन, रुपन्देही, कपिलवस्तु, पाल्पा, गोरखालगायतका विभिन्न जिल्लामा देखिएको समाचार सार्वजनिक भएको छ । भारतको राजस्थानबाट दिल्ली हुँदै उत्तरतर्फ लागेको सलहको बथान कुनै पनि समय नेपाल आउनसक्ने पूर्वानुमान सम्बन्धित विषयमा विज्ञहरूले गरेका थिए । तर, सरकारले त्यसमा चासो राखेर खासै पूर्वतयारी गरेन । बालीनाली सखाप पार्ने हुनाले सलहसँग किसानहरू बढी तर्सन्छन् । यसैले जनताका लागि यो कोभिड—१९ जस्तै नौलो आतंक हुनपुगेको छ । विडम्बना, सरकारले न सलहको प्रकोप न्यून गर्ने तयारी गरेको देखियो न किसानहरूलाई नै सजग गराउने गरी सूचना सम्प्रेषण गरेको छ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यममा सलहको सम्भावित प्रकोपका सम्बन्धमा चर्चा भए जति सरकार गम्भीर देखिएन । सरकारी तयारी र सोचको स्तरको कसी भने कृषि तथा पशुपंक्षीमन्त्रीको अमेरिकी संगीतको जोहो गर्न लागेको कथन हुनपुगेको छ । सलहले विभिन्न जिल्लामा बाली नाश गर्न थालिसक्यो । यसको रोकथामका लागि युद्धस्तरका उपाय गर्नुपर्ने सरकार भने मूच्र्छामा परेजस्तो निचेष्ट देखिएको छ  । यसैले कोभिड—१९ को संक्रमणजस्तै सलहको प्रकोपबाट पनि जनता आफ्नै बु्तामा जोगिनुपर्ने भएको छ । चर्को कर्कश ध्वनिबाट सलह तर्सने बताइएको छ । यस्तै, विषादी छर्केर पनि सलह मार्न सकिन्छ । प्रदेश ५ मा सलह समाते सरकारले प्रतिकिलोग्राम २० रुपियाँमा किन्ने घोषणा गरिएको छ । यसरी न सलहको प्रकोप नियन्त्रण हुन्छ न पीडित किसानलाई सुविधा नै पुग्छ । 

देशमा सरकार भएरमात्र पुग्दैन । जनताले पनि सरकार भएको कर तिर्नेबाहेक अरू बेला पनि देख्न पाउनुपर्छ । सरकारले तत्काल सबै सञ्चार माध्यम प्रयोग गरेर सलह देखिनेबित्तिकै सम्बन्धित निकायमा खबर गर्न किसानहरूलाई आग्रह गरोस् । साथै सलहको प्रकोप नियन्त्रणका लागि सही र कम हानिकारक उपाय किसानलाई सिकाउने काम गरोस् । यतिमात्र गर्दा पनि सलहको प्रकोप केही हदसम्म कम गर्न सकिन्छ । त्यसपछि पनि सलहले ठूलै क्षति गरेछ भने किसानहरूलाई क्षतिपूर्ति दिने घोषणा सरकारले तत्काल गरोस् । कोभिड—१९ लाई ‘भारदार सल्लाहकार’, राजनीतिक नेतृत्व र कर्मचारीले भ्रष्टाचार गर्ने मौका बनाए । सलहको प्रकोपलाई पनि त्यस्तै मौका बनाउने जोखिम धेरै छ । किसानहरूको घाउमा सुविधाको मलम लगाउनुको साटो भ्रष्टाचारको नुनचुक छर्किने वा उपहासको अट्टहास गर्ने दुस्साहस कसैले नगरून् । नत्र सरकारलाई नै सलह लाग्नसक्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC