site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बार्सिलोनासँग पजानिकको चारवर्षे सम्झौता 
Sarbottam CementSarbottam Cement

एजेन्सी । युभेन्टसका मिडफिल्डर मिरालेम पजानिकले बार्सिलोनासँग चारवर्षे सम्झौता गरेका छन् । उनले सोमबार आधिकारिक रूपमा स्पेनिस ला लिगा क्लब बार्सिलोनासँग चारवर्षे सम्झौतामा हस्ताक्षर गरेको रिपोर्टमा उल्लेख छ । 

३० वर्षीय पजानिक यसै सिजनको अत्यमा क्याम्प नाउमा आउनेछन् । यता बार्सिलोना तथा ब्राजिलका युवा मिडफिलडर आर्थर इटालियन सिरी ए क्लब युभेन्टसमा अनुबन्ध भएका छन् । आर्थुरले युभेन्टससँग पाँच वर्षको सम्झौता गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रिपोर्टका अनुसार पजानिकले केही समयअघि बार्सिलोनासँग सम्झौता गरेका थिए । तर, उनले आइतबार टुरिनमा मेडिकल पास गरेको जनाइएको छ । आर्थरका लागि युभेन्ट्सले पजानिकसँगै १० मिलियन युरो थप दिने बताइएको छ । 

पजानिकले यस सिजन युभेन्ट्सका लागि सबै खाले ३६ खेल खेलेका छन् । यता आर्थरले भने बार्सिलोनाका लागि २८ खेल खेलेका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १५, २०७७  १०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC