site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ । अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडीटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएपछि सेवा प्रभावित भएको हो । 

उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडीटी गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए । यही जेठ २० गते राति शल्यक्रियामार्फत जिल्ला अस्पतालमै बच्चा जन्माएकी दोगडाकेदार–६ सित्तड घर भएकी ती महिलामा बुधबार जाँच गर्दा १०५.१ डिग्री फरेनहाइट ज्वरो देखापरेपछि आरडीटी गरिएको हो । नवजात शिशुको भने आरडीटी रिपोर्ट नेगेटिभ आएको छ ।
 
ती महिलाको शल्यक्रियामा संलग्न र अन्य सम्पर्कमा रहेका  स्वास्थ्यकर्मीलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनिएको प्रमुख डा जोशीले बताए । उनले भने, “अस्पतालमा आउने अरु बिरामी जाँच र अरुको सम्पर्कमा नजाने गरी सेल्फ क्वारेन्टिनमा बस्न भनेका हौँ”, उनले थपे, “१९  स्वास्थ्यकर्मीले क्वारेन्टिनमा बस्दा सेवा पनि प्रभावित भएको छ, ती महिलाको पीसीआर पोजेटिभ आयो भने झनै समस्या हुने देखिन्छ ।”

आरडीटी पोजेटिभ ती महिलाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ । पिसीआर परीक्षणपश्चात मात्रै महिलामा कोरोना भए÷नभएको थाहा हुने जनाएको छ । ती महिलालाई जिल्ला अस्पतालकै आइसोलेसनमा राखिएको छ । १९ वर्षीया महिला जेठ १९ गते जिल्ला अस्पतालमा भर्ना भएकी हुन् । सामान्यतया ४० हप्तामा बच्चा जन्मिने भए पनि ती महिलालाई ४३ हप्ता भइसक्दासमेत पेटको पानी सुकेर ब्यथा नलाग्ने समस्या रहेको डा जोशीको भनाइ छ । यसैबीच बैतडीको पाटन नगरपालिका–८ का ३१ वर्षीय कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  ०९:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC