site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

देशमा उत्सवको वातावरण पटक्कै छैन । नागरिकका मूर्त जीवन जोखिममा भएका बेला अमूर्त दिवसको हर्ष मनाउने मनःस्थिति नदेखिनु अस्वाभाविक पनि हैन । यसैले तेह्रौं गणतन्त्र दिवसका अवसरमा यस वर्ष जनतामा निराशा र क्षोभ बढेको हुनुपर्छ । त्यसो त जनसाधारण यस्ता अवसरहरूप्रति प्रायः निस्पृह नै रहन्छन् । राजनीतिक परिवर्तन जनसाधारणको जीवनमा खुसीको कारण बनेर पुग्न जो सकेन । सीमामा अलपत्र परेर नागरिक मरेका छन् । भोकले श्रमजीवीहरू सडकमै मरेका छन् । जातिगत विभेदका कारण कथित तल्लो जातका प्रेमी किशोरको हत्या गरिएको छ । यो राज्यमाथि नै कलंक हो । यस्तो कलंक लागेको बेला केको हर्षबढाइँ ? केको दीपावली ? महामारीले थपेको पीडा पनि छँदैछ । यस वर्षको गणतन्त्र दिवस सायद अहिलेसम्मकै सबैभन्दा उत्साहहीन हुनेछ ।    

राजनीतिक नेतृत्वको विचार र व्यवहारमा पटक्कै सुधार हुन नसक्ता गणतन्त्रले जनताको स्नेह र सम्मान पाउन नसकेको हो । गणतन्त्रका शासकहरूको चरित्र र प्रवृत्ति हेर्दा कुनै मध्ययुगीन युद्ध सरकार र तिनका भारदारको जस्तो देखिन्छ । ‘फोहोरी खेल’ भनिने गरेको राजनीतिलाई ‘घीनलाग्दो’ बनाइदिएका छन् यिनले । महामारीका लागि औषधि किन्दासमेत प्रधानमन्त्रीका निकटतम व्यक्तिहरूले भ्रष्टाचार गर्न छाडेनन् । प्रधानमन्त्रीले तिनलाई कारबाही गर्नुको साटो आड ढाके । महामारीको कहर बढ्दै गएका बेलासमेत अर्को पार्टी फुटाएर आफ्नो गुट बलियो बनाउने कुटिल मनसाय राखेर अध्यादेश जारी गराउनेसम्मको घीनलाग्दो खेल भएको देखियो । राष्ट्रिय सीमाको रक्षाको विषयलाई पनि अहिले राजनीतिक स्वार्थमा प्रयोग गर्न खोजिएको देखिँदैछ । सीमामा भूमि र देशभित्र जनता दुवै संकटमा छन् । शासकहरू संकटलाई पनि दोहन गर्न उद्यत देखिन्छन् ।अर्थात्, राज्य र शासनलाई निहित स्वार्थ सिद्ध गर्ने माध्यमका रूपमा प्रयोग गरिएको छ । अनि, के सम्झेर जनताले हर्षोल्लास मनाउने ?     

राणाकालमा शाहहरू शासनकालमा शासकहरूको सुखदुःख जनताले मनाउनु पर्ने उर्दी हुन्थ्यो । त्यसलाई जनताले सके बेवास्ता गर्थे नसके निस्पृह भएर मनाइदिन्थे । त्यतिबेला शासन पद्धतिले नै जनतालाई हटक गरेको थियो । अहिले त लोकतान्त्रिक गणतन्त्र नामको उन्नत शासन प्रणाली छ नि देशमा । शासकहरू जनादेशबाट सत्तामा पुगेका हुन् । यसैले नागरिकलाई निषेध गर्ने नैतिक वा वैधानिक अधिकार शासकसँग हुँदैन । उनीहरूले जनतालाई शासनका कुनै कुरा लुकाउन पाउँदैनन् । तर, नेपाली जनताको दुर्भाग्य जे गर्न नहुने थियो त्यही भइरहेको देखिएको छ । उन्नत लोकतान्त्रिक प्रणालीमा शासनमा भने सर्वसत्तावादी मानसिकता भएको व्यक्तिमात्र पुगे । अहिलेको निराशा यही प्रणालीसँग पात्रको प्रवृत्ति नमिल्दा उत्पन्न भएको हो । पात्रहरूको प्रवृत्तिले निम्त्याएको विकृतिका लागि पद्धतिलाई दोष दिनु फट्याइँ हो । पात्रहरू सुध्रिए सबैभन्दा उत्तम र सहज हुन्थ्यो । तर, ‘बाह्र वर्ष ढुंग्रोमा राखे पनि नसोझिने’ कोटीका पात्र सुध्रने लक्षण देखिँदैन । शासकहरूको निरन्तर निगरानी गरेर तिनका कुकृत्यप्रति जनतालाई सजग  बनाउनु अहिले देशलाई माया गर्ने सबै नागरिकको दायित्व हो । भन्छन् नि – स्वतन्त्रताका लागि निरन्तरको सजगता जरुरी हुन्छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  १४:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC