विदेश
काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोकेट्रिक उमेदवार हिलारी क्लिन्टन तथा उपराष्ट्रपति उमेदवार टिम क्यान उनका प्रतिस्पर्धी रिपब्लिकन उमेदवारका तुलनामा ८ प्रतिशत मतले अगाडि देखिएका छन् । वासिङटन पोस्ट-एबीसी न्युज मत सर्वेक्षणको पदिल्लो नतिजाअनुसार डेमोक्रेटिक उमेदवारका पक्षमा ५० प्रतिशत र रिपब्लिकनका पक्षमा ४२ प्रतिशत मत खस्ने देखिएको वासिङटन पोस्टले आइतबार जनाएको छ ।
रिपब्लिकन पार्टीको सम्मेलन हुनुपूर्व क्लिन्टन ४ प्रतिशतमात्र अगाडि थिइन् । रिपब्लिकन पार्टीको सम्मेलनमा भएको विवाद, डेमोक्रेटिक पार्टिको एकता तथा मुस्लिमविरुद्ध रिपब्लिकन उमेदावार डोनाल्ड ट्रम्फले गरेको टिप्पणीका हिलारीको लोकप्रियता बढेको अनुमान गरिएको छ ।
यसैगरी रिपब्लिकन उमेदवार ट्रम्पलाई अस्वीकार गर्नेको संख्या पनि समग्रमा ७४ प्रतिशत रहेको सर्वेक्षणमा देखिएको छ ।
केही प्रतिशत तलमाथि भए पनि पोस्टको यो मत सर्वेक्षण अरू सर्वेक्षणजस्तै रहेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, साउन २३, २०७३ १२:१५
प्रतिक्रिया दिनुहोस्