site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नौ दिनपछि विद्युतीय शवदाह गृह सञ्चालनमा
Sarbottam CementSarbottam Cement

काठमाडौँ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह नौ दिनपछि सञ्चालनमा आएको छ । 

 सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९, राम्चेकी मृत्यु भएकी ती सुत्केरीको जेठ ३ गते शनिबार राति शवदाह गृहमा दाहसंस्कार गरिएको थियो ।  विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको थियो ।  यन्त्र चलाउने सबै प्राविधिक कर्मचारी महिलाको शवदाहमा संलग्‍न भएपछि सबैको पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

परीक्षण प्रतिवेदन नेगेटिभ आएपछि शवदाह गृह सञ्चालनमा ल्याउन लागिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए । गृह चलाउन तताउन सुरु गरिसकिएको पनि उनले बताए । शवदाह गृहको विद्युतीय यन्त्र चलाउने प्राविधिक पर्याप्त भएको भए ३६ घण्टापछि सञ्चालनमा ल्याउन सकिने थियो । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ ।  

कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने प्राविधिक कर्मचारीको अभाव हुन सक्ने देखिएको छ । जम्मा ६ कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन् । कोरोना प्रमाणित भएकाको शव जलाएपछि प्राविधिकको पीसीआर परीक्षण गर्नुपर्छ । कर्मचारीलाई कोरोना पोजेटिभ देखिए गृह चलाउन दिइँदैन । अरु कर्मचारीलाई तालिम दिन तीन महिना लाग्छ ।

Global Ime bank

सेनाले सुरक्षित रुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालिम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्वतयारी नभएकाले समस्या पर्न सक्ने जनाइएको छ । 

किरियापुत्री घर सञ्चालनमा
सरसफाइका लागि एक साता बन्द रहेको पशुपतिको किरियापुत्री घर पनि आजैदेखि सञ्चालमा आएको कार्यकारी निर्देशक खतिवडाले बताए । १३ दिनसम्म किरियापुत्री बसिसकेपछि सफाइका लागि किरियापुत्री घर केही समय बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ । किरियापुत्री घरमा आवतजावत गर्नेमा कोरोनाको सङ्क्रमण नफैलियोस् भनी सजगता अपनाइएको  कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा काजकिरिया गर्न चाहनेका लागि ४० कोठाको व्यवस्था गरिएको छ । पशुपतिमा सबै सुविधा हुने भएकाले मानिसको रोजाइमा यहीँको किरियापुत्री घर पर्ने गरेको छ । -रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC