कोरोना नियन्त्रणमा केन्द्र र प्रदेश सरकारको काम प्रभावकारी भएन : लेखक 

 कोरोना नियन्त्रणमा केन्द्र र प्रदेश सरकारको काम प्रभावकारी भएन : लेखक 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले कोरोना रोकथाम र उपचारमा केन्द्र र प्रदेश सरकारको भूमिका प्रभावकारी नदेखिएकोले कोरोना माहामारीमा अझै चुनौती थपिएको बताएका छन् । 

दुर्गादत्त जोशी स्मृति प्रतिष्ठानले सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिकाका मेयर र उपमेयरहरुका लागि शुक्रबार आयोजना गरेको ‘कोरोना प्रकोपमा स्थानीय सरकारको चुनौती तथा केन्द्रीय र प्रदेश सरकारको भूमिका’विषयक वेबिनारलाई सम्बोधन गर्दै नेता लेखकले कोरोनाविरुद्वको लडाईंमा सरकारको क्षमता र नियममाथि प्रश्न उठको बताए । 

कोरोना रोकथाम र नियन्त्रणमा अहिले सबैभन्दा बढी चुनौती स्थानीय निकायहरुले बेहोर्नु परिरहेको स्मरण गर्दै नेता लेखकले उनीहरुलाई थप बलियो बनाउनमा सरकारले ध्यान नदिएको आरोप लगाए । 

उनले भने, "सरकारले लकडाउनलाई मात्र उपचार ठानेर कानमा तेल हालेर सुतेको देखिएको छ । विश्व स्वास्थ्य संगठनले समेत परीक्षणलाई महत्व देउ भन्दा पनि न्यून मात्रामा मात्र पिसिआर परीक्षण गरिएकोले समस्या भयाभव भएको छ ।"
 

प्रतिकृया दिनुहोस
ad