site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सुदूरपश्चिममा ३५ दिनयता कोरोना सङ्क्रमित शून्य
Sarbottam CementSarbottam Cement

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा सङ्क्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । 

सङ्क्रमित फेला नपरे पनि पछिल्लो समय भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिन लागेका नागरिकका कारण कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् । यहाँका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडी नाकाबाट नागरिक भित्रिन थालेपछि सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा छ । 

प्रदेशमा गत चैत १४ गते कोरोना भाइरस सङ्क्रमणको पहिलो घटना फेला परेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि पाँच जना कोरोना सङ्क्रमित देखिएकामा सबै निको भएर घर फर्किसकेका कारण सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या शुन्य भएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए । कोरोना सङ्क्रमितको उपचारका लागि यहाँको सेती प्रादेशिक अस्पताल कैलालीलाई कोरोना ‘डेडिकेटेड’ अस्पतालका रुपमा सञ्चालन गरिएको उहाँले जानकारी दिए । 

पछिल्लो समय सेती प्रादेशिक अस्पतालमा ५६ जना कोरोनाको शङ्कास्पदलाई निगरानीमा राखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

Global Ime bank

उनका अनुसार पछिल्लो एक सातामा कैलाली र कञ्चनपुर हुँदै अरु जिल्ला गएका तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भइसकेकाले सुदूरपश्चिम भारतबाट आउनेका कारण उच्च जोखिममा रहेको छ । 

महेन्द्रनगर, अत्तरिया हुँदै दैलेख आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय एक युवामा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै कैलाली र कञ्चनपुरबाट अरु जिल्ला गएका व्यक्तिमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन पुगेको बताइएको छ । 

त्यसैगरी कैलालीबाट बर्दिया फर्किएकी ११ वर्षीया एक बालिका र कञ्चनपुरबाट काठमाडौँ गएकी ३३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

बर्दियाकी कोरोना सङ्क्रमित ११ वर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन आफन्तको घरमा बसेर फर्किएकी बुझिएको छ । सम्पर्कमा आएका व्यक्तिको परीक्षण भइसकेको र सबैमा कोरोना सङ्क्रमण नभएको पुष्टि भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

कञ्‍चनपुरबाट काठमाडौं गएकी कोरोना सङ्क्रमित महिला बेदकोट नगरपालिकाकी भएको खुलेको छ । उहाँको सम्पर्कमा आएका व्यक्तिको पनि परीक्षण भइसकेको र कसैमा पनि सङ्क्रमण नभएको बताइएको छ । 

सुदूरपश्चिमका विभिन्न जिल्लामा एक हजार ६७९ जना क्वारेन्टाइनमा रहेका र १३ जनालाई आइसोलेसनमा राखिएको छ । जसमध्ये सेती प्रादेशिक अस्पतालमा तीन, टीकापुरमा चार, बझाङमा एक, डोटीमा एक, बाजुरामा तीन र डडेल्धुरामा एक जनालाई आइसोलेसनमा राखिएका छन् । - रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC