site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
नेपालमा अम्पुनको प्रभाव कुन-कुन क्षेत्रमा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगालको खाडीमा विकसित भएको अम्पुन आँधी बुधबार समुद्री तटमा ठोक्किने मौसमविद्हरुले बताएका छन् । यसको असरबाट जोगिनका लागि भारत र बंगलादेशका तटीय क्षेत्रका मानिसहरुलाई स्थानान्तरण गरिएको छ ।

कोरोनासँग लडिरहेको ओडिसा र पश्‍चिम बंगालमा यसले धेरै असर गर्ने बताइएको छ । सन् १९९ पछि पहिलोपटक बंगालको खाडीमा 'सुपर साइक्लोन' विकास भएको बताइएको छ । मौसम वैज्ञानिकका अनुसार अम्पुन यस दशककै ठूलो आँधी हो । १८५ प्रतिघण्टाको गतिमा समुद्री तटमा पुग्‍ने र यो चक्रवाती तुफानको पाँचौं श्रेणी भएको बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बंगालको खाडीबाट विकसित भएको अम्पुनको प्रत्यक्ष असर भने नेपालमा नपर्ने नेपाली मौसमविद्‌हरुको अनुमान छ । तर, यसले अप्रत्यक्ष प्रभाव पार्ने बताइएको छ । आगामी तीन-चार दिन हावाहुरी चल्‍ने, चट्याङ पर्ने, मेघ गर्जनसहित वर्षा हुने, असिना पर्ने र उच्च हिमाली तथा पहाडी भेकमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बंगालको खाडीमा बनेको सामुद्रिक चक्रावतको अप्रत्यक्ष प्रभावले आज नेपालको प्रदेश १, प्रदेश २,वाग्मती, गण्डकी प्रदेश र प्रदेश ५ का केही जिल्लामा आंशिकदेखि सामान्य बदली हुनेछ ।

Global Ime bank

बंगालको खाडीमा विकसित भएको अम्पुन चक्रवातले नेपालमा कस्तो असर गर्छ ? 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC