site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बंगालको खाडीमा विकसित भएको अम्पुन चक्रवातले नेपालमा कस्तो असर गर्छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । बंगलाको खाडीमा बनेको शक्तिशाली चक्रवात अम्पुन उत्तरपूर्वी क्षेत्रतर्फ सरिरहेको छ । 

शनिबारदेखि बंगालको खाडीमा विकसित भएको अम्पुन चक्रवात बुधबारसम्म जमिनमा ठोक्किने मौसमविद्‌हरुले बताएका छन् । अहिले चक्रवातकोगति बढिरहेको भए पनि जमिनमा ठोक्किँदा केही कमजोर हुने मौसमविदले उल्लेख गरेका छन् ।

अम्पुन आँधीले भारत तथा बंगलादेशमा बढी प्रभाव पर्ने बताइएको छ । भारतीय मौसमविद्हरुका अनुसार यस चक्रवातको गति १५५ देखि १८५ किलोमिटर प्रतिघण्टा हुनेछ । यसले ठूलो क्षति पुर्‍याउनसक्‍ने भन्दै आवश्यक तयारी गर्न भारतका सम्बन्धित निकायलाई निर्देशन जारी गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गर्दै नेपालमा प्रत्यक्षरुपमा चक्रवात नआउने भए पनि अप्रत्यक्षरुपमा यसले असर गर्ने बताएका छन् । मौसमविद्‌ बरुण पौडेलले जारी गरेको बुलेटिन अनुसार अम्पुन चक्रवातका कारण नेपालको पूर्वी र मध्यभागमा मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि आगामी तीनदेखि चार दिनसम्म उक्त चक्रवातका कारण नेपालको मौसम प्रभावित हुने जनाएको छ । 

Global Ime bank

चक्रवातको प्रभावले हुने वर्षा र हिमपातका कारण पूर्वी र मध्य नेपालका सानाखाले खोलाहरू र खहरेहरूमा पानीको मात्रा बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले उल्लेख गरेको छ । विभागका अनुसार ठूला नदीहरूमा भने जलस्तर बढे पनि खतराको तह पार गर्ने सम्भावना कम रहेको प्रक्षेपण गरिएको छ ।

मौसमविद्‌ पौडेलले चट्याङ पर्ने सम्भावना पनि रहेको बताए । नेपालमा अहिले स्थानीय वायु पनि सक्रिय रहेको र गर्मी मौसम भएकाले मेघ गर्जनसहितको वर्षा हुने उनको अनुमान छ ।

उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात हुने बताइएको छ ।

चक्रवातका कारण नेपालको पूर्वी र मध्य क्षेत्रमा लगातार सिमसिम पानी पर्दै हावाहुरी लाग्‍न सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन् । त्यसले गर्दा कतिपय पूर्वाधारहरूमा क्षति पुर्‍याउनुका साथै रूखहरू ढल्नसक्ने उनीहरूको भनाइ छ ।

नेपालसम्म आइपुग्दा हावाको गति निकै कमजोर भए पनि त्यसले विद्युत तथा टेलिफोनका पोलहरू ढलाउन, कतिपय स्थानमा घरका छानाहरु उडाउनसक्ने मौसमविद् पौडलले बताए । 

मौसम विभागका अनुसार हाल नेपालमा बाहिरी बादलको प्रभावले थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । नेपालमा अंपुनको अप्रत्यक्ष प्रभावबाट देशको मौसम आगामी ३-४ दिनसम्म प्रभावित हुने विभागले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement