site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
 नेपालमा के छ कोरोना संक्रमणको अवस्था ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ४०२ पुगेको छ । सोमबार एकै दिन २७ संक्रमित थपिएका थिए । जसमा २४ पुरुष र तीन महिला थिए । 

यसअघि सोमबार एकैदिन ८० जनामा कोरोना पुष्टि भएको थियो । हालसम्म संक्रमित ४०२ मध्ये ३७ जना उपचारपछि निको भएर अस्पतालबाट घर फर्किसकेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म कोरोना संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । 

सञ्चार माध्यमका लागि सूचना संकलनमा खटिएका पत्रकारमा पनि संक्रमण देखिए पछि पत्रकारहरुले पनि परीक्षण गराउन सुरु गरेका छन् । कोेरोना परीक्षणमा खटिएका एकजना चिकित्सकमा पनि संक्रमण पुष्टि भएको छ । 

Global Ime bank

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण देखिने जिल्लाको संख्या ३६ पुगेको छ ।  

हालसम्म पीसीआर विधिबाट ३२ हजार ६०४ जनाको कोरोना परीक्षण गरिएको छ भने ७४ हजार ६४९ को आरडीटी परीक्षण गरिएकोछ । 

हाल ४५७ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा २१ हजार ६२३ जना बसेका छन् । 

कोरोना संक्रमण फैलिन नदिन सरकारले जेठ २० गतेसम्म देशभर लकडाउन गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ७, २०७७  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC