site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कपन क्षेत्रमा विशेष सतर्कता
Sarbottam CementSarbottam Cement

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएसँगै सो क्षेत्र सिल गरी अन्य क्षेत्रमा विशेष सतर्कता अपनाइने भएको छ ।  

बूढानीलकण्ठ– १०, ११ र १२ ले आज संयुक्त विज्ञप्ति जारी गर्दैँ कोरोना संक्रमण देखिएको १२ नं वडा बन्द गर्ने  र अन्य क्षेत्रमा विशेष सतर्कता अपनाउने जनाएका छन् । कपन क्षेत्रका तीन वडाले पनि उक्त क्षेत्रमा खुला तरकारी तथा फलफूल बिक्रीवितरण पूर्ण रोक लगाउने निर्णय गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

बन्दाबन्दीका बेला कुनै  वडाभित्र बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सूचना नदिई लुकाइछिपाई गरेमा त्यस्ता व्यक्ति तथा घरधनीलाई कारबाही गरिने चेतावनी दिइएको  छ । सूचना दिने व्यक्तिलाई प्रोत्साहनस्वरुप रु पाँच सय  दिने व्यवस्थासमेत  छ ।

यसैगरी सो क्षेत्रका मासु पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्दै अत्यावश्यक सेवा प्रदान गर्ने सवारी साधनले मानिस ओसारपसार गरेको पाइएमा कारबाही गरिने जनाइएको छ ।
 
अत्यावश्यक नभई विनाकाम घर बाहिर निस्केको तथा हिँडडुल गरेको थाहा भएमा कानूबमोजिम बन्दाबन्दी उल्लंघन गरेको ठहर गरी रु पाँच सय जरिवानासहित कारबाही अघि बढाइने बताइएको छ । 

Global Ime bank

साथै नगरपालिकाले तोकेकोबाहेकका व्यवसाय  तोकिएको समयबाहेक अन्य बेला सञ्चालन गरेमा कानूनबमोजिम कारवाही तथा रु एक हजार जरिवाना गरिने नगरपालिकाले जनाएको छ । - रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ००:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC