site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाले मृत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ, गाउँका ५५ जनाको स्वाब संकलन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएकी महिलाको घर रहेकोे जिल्लाको बाह्रबिसे नगरपालिका वडा नं ९ राम्चे गाउँबाट परीक्षणका लागि ५५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

स्वाब संकलन आज पनि जारी छ । 

Prabhu Bank
Agni Group
NIC Asia

महिलाको मृत्युलगत्तै शनिबार देखि शील गरिएको बाह्रबिसे नगरपालिकाका वडा नं ९ मा रहेको राम्चे ठोट्नेरीका बासिन्दाको आइतबार कोरोना परीक्षणका लागि बाग्मती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीसहितको स्वास्थ्य टोलीले स्वाब संकलन गरेको हो ।  

संकलित स्वाबको परीक्षण रिपोर्ट पछि महिलाबाट परिवार, आफन्त र समुदायमा कोरोना सरे नसरेको थाहा पत्ता लाग्ने छ । गाउँकी २९ वर्षीय सुत्केरीको मृत्यु कोरोनाका कारण भएको पुष्टि भएपछि ठोट्नेरी गाउँ त्रासमा छ । 

Global Ime bank

मृत्यु भएकी महिलाको शिशुसहित परिवारका सदस्यको भने रिपोर्ट नेगेटिभ आइसकेको छ । 

वाग्मती प्रदेशको प्रदेश स्वास्थ्य निर्देशानलय सहितको स्वास्थ्य टोलीले पहिलो घेरामा कम्तीमा १ सय जनाको पीसीआर परीक्षणका लागि सूची तयार पारेको सामजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC