site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 चिनियाँ सञ्‍चारमाध्यमले भन्यो - सगरमाथा चीनमा पर्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा रहेको विश्वव्यापी रुपमा मानिँदै आएको भए पनि चिनियाँ सञ्‍चारमाध्यम सीजीटीएनले भने सगरमाथा चीनमा पर्ने जनाएको छ । 

चीनको सरकारी सञ्‍चारमाध्यम चाइनना ग्लोबल टेलिभिजन नेटवर्कले २ मेमा गरिएको ट्विटमा विश्‍वकै सर्वोच्च शिखर सगरमाथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालमा शुक्रबार असाधारण सूर्यको प्रकाशको घेरा देखिएको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सगरमाथा नेपाल र चीनको सीमामा पर्छ । यसलाई नेपालतर्फ सगरमाथा र तिब्बतर्फ कोमोलोङ्‌मा भनेर चिनिन्छ । तर, सीजीटीएनले गरेको ट्विटमा लेखिएको छ, "चीनको स्वायत्त क्षेत्र तिब्बतमा रहेको विश्‍वकै सर्वोच्च शिखर सगरमथाको रुपमा चिनिएको कोमोलोङ्‌मा हिमालको आकाशमा शुक्रबार एक असाधारण सूर्यको प्रकाशको घेरा देखिएको छ ।"

यसअघि सगरमाथाको उचाई सर्भे र म्यापिङका लागि चीनले ५३ सदस्यीय सर्भेयरको टोली सगरमाथाको चुचुरोमा पठाउने बताएको थियफ । लामो समयदेखिको सगरमाथको उचाईसम्बन्धी विवादलाई अन्त्य गर्न चीनले सगरमाथाको चीनतर्फको बेसक्याम्पमा २ मार्चदेखि प्राविधिक तयारी थालेको हो । 

Global Ime bank

चीनले सगरमाथाको उचाईको निर्क्यौल गर्नका लागि बेइडोउ नेभिगेस स्याटेलाइट प्रणाली र चिनियाँ सर्भे उपकरणहरुको प्रयोग गरिने साउथ चाइना मर्निङ पोस्टले जनाएको थियो । 

नेपालमा सगरमाथा भनिएको र तिब्बतमा कोमोलोङ्‌मा भनिएको यो हिमाल चीन र नेपालको सीमा क्षेत्रमा पर्छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नेपाल र चीनबीच सगरमाथाको उचाई चट्टान भएसम्मको भागलाई मान्‍ने अथवा हिउँको चुचुरोलाई मान्‍ने भन्‍ने विषयमा विवाद छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०७७  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC