site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतले भन्यो - मानसरोवर जाने सडक बनाइएको भूभाग पूर्णरुपमा हाम्रै हो
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले उत्तराखण्डबाट नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएको भूभाग आफ्नै भएको भारतले दाबी गरेको छ । 

भारतीय विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भर्खरै उत्तराखण्ड राज्यको पिथौरागढ जिल्ला हुँदै मनाइएको कैलाश मानसरोवर यात्रा रुट पूर्णरुपमा भारतीय भूमि भएको जनाएको  छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञप्तिमा भनिएको छ, "नेपालको परराष्ट्र मन्त्रालयले भारतले शुक्रबार उद्घाटन गरेको सडकका विषयमा सम्बन्धित विज्ञप्ति जारी गरेको देख्यौं । उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लामा बनाएर भर्खरै उद्घाटन गरिएको सडक पूर्णरुपमा भारतीय भूभागमा पर्छ । कैलाश मानसरोवर जाने तिर्थालुहरुले पहिलेदेखि प्रयोग गर्दै आएको रुटलाई तिर्थालु, स्थानीय र व्यापरीहरुका लागि सहज र सुविधाजनक बनाइएको हो ।" 

भारत र नेपालले सीमा समस्या समाधानका लागि संयन्त्र बनाएको छ । सम्पूर्ण विवादित सीमा समस्याहरु समाधानका लागि पहल भइरहेको र सीमा समस्या समाधान कुटनीति संवादमार्फत द्विपक्षी मैत्री र छिमेकी सम्बन्धका आधारमा अघि बढाइनले भारतले जनाएको छ । 

Global Ime bank

दुबै पक्षले परराष्ट्र सचिवस्तरीय वार्ताका लागि पहल भइरहेको र चाँडै वार्ता गरेर दुबै पक्षका समस्या समाधान गरिने विज्ञप्तिमार्फत जनाइएको छ । 

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारले बनाएको मानसरोवर यात्रा रुट नेपाली भूभागमा भएकोले तत्काल कुनै पनि गतिविधि उक्त क्षेत्रमा नगर्न भारतलाई आग्रह गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  २२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC