site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
प्रदेश १ मा ८ हजार ९९७ जनामा कोरोना परीक्षण
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश १ मा द्रुत परीक्षण विधि (आरडीटी) र ल्याबमा गरिने परीक्षणबाट शुक्रबारसम्म जम्मा ८ हजार ९९७ जनामा नमुना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन दुवै विधिबाट नमुना परीक्षण गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ७ हजार २०२ जनाको नमुना परीक्षण भएको छ । जसमा ७ हजार १८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआरबाट १ हजार ७९५ जनाको नमुना परीक्षणका लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ७१८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्रबारसम्म कुल १ हजार २१२ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ७ हजार ८३५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

प्रदेश सरकारले विराटनगरमा निर्माण गरेको कोसी कोभिड १९ उपचार केन्द्रबाट शुक्रबारसम्म एक महिलासहित १४ जना डिस्चार्ज भएका छन् । त्यहाँ ३१ जना संक्रमित उपचाररत थिए ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC